ईयुको प्रतिवेदन कार्यान्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी

ईयुको प्रतिवेदन कार्यान्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी

काठमाडौं, ५ वैशाख । पहिचानमा आधारित संघीय गठबन्धनले युरोपियन युनियनले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।  बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले ईयुको प्रतिवेदन लागु गर्न आग्रह गरेको हो ।

इयुको प्रतिवेदन लागु नगरिए सरकारविरुद्ध कडा कदम चाल्ने पनि गठबन्धनले चेतावनी दिएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनमा आवद्ध खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले खस र आर्य भिन्नाभिन्नै समूदाय भएकोले संविधानमा पनि खस र आर्यलाई एउटै समूहमा राख्न नहुने धारणा राखे । उनले भने,‘खस र आर्यलाई भिन्नै समूहमा राख्नुपर्छ, खसलाई आदिवासीमा सूचिकृत गर्नुपर्छ।’

कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवम् पूर्व सांसद आर.के. खुम्बुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिचानविरोधी भएको आरोप लगाए । उनले भने,‘ओलीजी संघीयताविरोधी मान्छे हो, उहाँले संघीयतालाई असफल तुल्याउन विभिन्न चलखेलहरु गरिरहनुभएको छ।’ उनले आफूहरुलाई पहिचान नदिईए बन्दुक उठाउनपनि तयार रहेको चेतावनी दिए । 

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानमा आधारित संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने,‘संघीयतालाई सिध्याउनेगरि ल्याईएको ७ प्रदेशलाई हामी मान्दैनौं, ७ प्रदेशलाई पूनः सख्याँकरण गरि ऐतिहासिक पृष्ठभूमि एव्म पहिचानका आधारमा थप प्रान्तहरु निर्माण गरिनुपर्छ, पहिचानविरोधी संघीयता र संविधान हामी मान्दैनौं।’  पहिचानविरोधी संविधानको विरुद्धमा थप संघर्ष गर्नपनि आफूहरु तयारी रहेको उनको चेतावनी थियो ।

  आदिवासी जनजाति पार्टी नेपालका अध्यक्ष तामाङ बुद्धराज स्याङ्तानले गाई काटेर खाने आफूहरुको सनातन पहिचान भएकोले गाई काटेर खान पाउनुपर्ने धारणा राखे । उनले भने,‘गाईको टाउको हाम्रो कुलमा राखिन्छ, गोपाल वंशमापनि गाई काटेर खाईन्थ्यो, पछि राज्य एकीकरणको क्रममा हामीले काटेर खाँदै आएको गाइ खान प्रतिबन्ध लगाईयो, यसले हाम्रो पहिचान खोसेको छ।’ उनले आफूहरुले गाई काटेर खान पाउनुपर्ने माग गरे ।  नेपा राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको जमिन कब्जा गर्दै वस्तीहरु विस्थापित हुनेगरि सडक निर्माण गर्ने कार्य तत्काल रोक्नुपर्ने माँग गरे । उनले नेवारहरुको पहिचानमा आधारित राज्य हुनुपर्नेमा जोड दिए । 

उनले नेवा र ताम्सालिङहरुको बाहुल्यता रहेको प्रदेशमा समेत डोरमणि पौडेललाई मुख्यमन्त्री बनाईएको भन्दै आपत्ति जनाए ।  सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले सुनसरीको धरानको ऐतिहाँसिक किराँत लिम्बुवान क्षेत्रमा जबरजस्ती निर्माण गर्न लागिएको खानेपानी ट्याँकी तत्काल बन्द गर्न आग्रह गरे । उनले भने,‘भोजपुरको घोडेटार र मगरातको ढोरपाटनमा आदिवासी सभ्यतामाथि गरिएको अतिक्रमण तत्काल बन्द गर्नुपर्छ।’ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पहिचानसहितको संघीयता माँग गर्दै कैलालीको टिकापुरमा भएको घट्नामा मानसिक असन्तुलन भएको ११ वर्षीय बालकसहित २६ जना निर्दोष थारु नेताहरुलाई अढाई वर्षदेखि कुनै सुनुवाई बेगर जेलमा बन्दी बनाईनु दुःखद् र रंगभेदी कार्य भएको आरोप लगाए । 

उनले लक्ष्मण थारुसहित २६ जना थारु नेताहरुलाई तुरुन्त रिहाई गर्न समेत माँग गरे । उनले थपे,‘त्यस्तै कैलाली अत्यधिक मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका रेशम चौधरीलाई तुरुन्त प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र दिनुपर्छ।’ त्यस्तै तामाङ सालिङ लोकतान्त्रिक पार्टीका अध्यक्ष सिंहमान तामाङ्ले पहिचानसहितको संघीयता स्थापना गर्नको लागि सबै एकजुट भएर सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 

गठबन्धनले आदिवासीसँग सम्बन्धित बिदाहरु सरकारले काटेको विरुद्ध आपत्ति जनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल आदिवासी जनजाति महासंघले यही बैशाख ७ र २२ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुप्रति गठबन्धनको पूर्ण समर्थन र साथ छ ।’  

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला