सलमान खान नेपालसहित चार देश जान पाउने

सलमान खान नेपालसहित चार देश जान पाउने

मुम्बई । राजस्थान राज्यमा २० वर्षअघि भएको कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई जमान मिलेपछि फेरि अर्को राहत मिलेको छ । 

मंगलवार सेसन कोर्टले सलमान खानलाई विदेश जाने अनुमति दिएको छ। यो आदेशसँगै अब आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा पनि सलमान आउन पाउने भएका छन् । 

सलमान खानले सेशन कोर्टमा आफ्नो पेशालाई निरन्तरता दिनका लागि अमेरिका, क्यानाडा र नेपालसहित चार देश जान अनुमति मागेका थिए । 

उनले अदालतसँग सम्बन्धित ती चार देशमा जान पाउने इजाजत मागेका थिए । अदालतले उनको निवेदन स्वीकार्दै नेपालसहित अन्य देशमा जाने बाटो खोलिदिएको हो ।

सेसन कोर्टले सलमान खानको जमानत स्वीकार गरेको समय बिना अनुमति विदेश जान रोक लगाएको थियो । 

अदालतले त्यो बेला बिना इजाजत देश नछोड्न आदेश दिएको थियो । साथै उनलाई अघिल्लो मिहना ७ तारिखमा अदालतमा हाजिर हुन पनि आदेश दिएको छ । 

राजस्थानको जोधपुर अदालतले सलमान खानलाई २० वर्ष पुरानो हरिण शिकार मामिलामा दोषी ठहर गर्दै पाँच सालको कैद सजाय सुनाएको थियो । उनीमाथि १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको थियो । 

त्यसपछि उनलाई अदालतबाट सीधै जोधपुर सेन्ट्रल जेल पठाइएको थियो । तर पनि सजाय मिलेपछि सलमानका वकिलले अदालतमा जमानतको निवेदन दिएका थिए । त्यसपछि अदालतले सलमानलाई ८ अप्रिलमा सशर्त जमानत दिएको थियो । 

प्रतिकृया दिनुहोस

नेवि संघको तदर्थसमिति कुन्दन काफ्ले

२२ बुँदे मागसहित राप्रपा आन्दोलनमा

सरकारको एक वर्ष कामभन्दा कुरै धेरैः

       राणा र लोहनीको पदभार,राजतन्त्र

एकीकरण अन्तिम चरणमाःप्रचण्ड

सरकार र कांग्रेस असफल, अब राजतन्त्र

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला