निर्वाचनमा चरम भ्रष्टाचार, यस्ता छन् नालिबेली

निर्वाचनमा चरम भ्रष्टाचार, यस्ता छन् नालिबेली

काठमाडौं । नयाँ पत्रिका दैनिकले निर्वाचनमा चरम भ्रष्टाचार भएको विषयलाई मुख्य समाचार बनाएको छ । बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार पारिएको महालेखा परीक्षकको प्रतिवेदनमा निर्वाचन आयोगमा चरम अनियमितता छ । महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा सयौं अनियमितता भेट्टाएको समाचारमा उल्लेख छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद तथा राष्ट्रपतिको निर्वाचन आयोगले गराएको थियो । असार मसान्तसम्म भएका अनियमितताका नमूनाहरु नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

समाचारअनुसार युएनडीपीले निर्वाचन सहयोग परियोजनामार्फत् ९ सय थान ल्यापटप र पि्रन्टरसहित प्राविधिक सहयोग गरेको छ । त्यस्तै चीन सरकारबाट घडी, रबरम्याट, जेलपेन, स्केल, कैंची लगायत ११ वटा निर्वाचन सामग्री प्राप्त भएको पनि जनाएको छ । तर, यिनै सामान आफैं खरिद गरेको भनेर निर्वाचन आयोगले बिल पेस गरेको छ ।

यसैगरी १८ र १९ चैत ०७३ मा निर्वाचन आयोगले होटेल एल्लो प्यागोडामा निर्वाचन सुरक्षासम्बन्धी कार्यक्रम गरेको थियो । निर्वाचन आयोगको गेटबाट होटेल एल्लो प्यागोडा ५० मिटरको दुरीमा छ । तर, आयोगका ३७ जना कर्मचारीहरुले होटेलमा जाँदा अलग अलग ट्याक्सी चढेको भनेर २-२ हजारका दरले भुक्तानी लिएका छन् ।

आयोगले ६ थान आइफोन सभेन प्लस खरिद गरेको छ । जसको बजार मूल्य अधिकतम १ लाख ३२ हजार हुन्छ । तर आयोगलाई प्रतिफोन १ लाख ७३ हजार तिराएर किनिएका ६ मध्ये दुईवटा फोन प्रमुख आयुक्त एक्लैले बोकेका छन् ।

यद्यपि प्रमुख आयुक्त अयोधि प्रसाद यादवले भने विगतको निर्वाचनको तुलनामा मितव्ययी भएको दावी नयाँ पत्रिकासँग गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने यो अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नसक्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला