प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रीपरिषद् वैठकद्वारा स्वीकृत, यस्ता छन् अन्य निर्णयहरू

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रीपरिषद् वैठकद्वारा स्वीकृत, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबमर बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो ।  

मन्त्रिपरिषद्का अन्य निर्णयहरू 

बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी प्रतिस्थापन गर्ने विधेयक संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

 भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको छ । विधेयक तयारी सहजीकरण समितिमा पूर्वकानून सचिव कमलशाली घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई एसियाली विकास बैंकले दिने भनेको १० अर्ब रुपैँया अनुदान पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ । त्यस्तै मिलिनियम च्यालेन्जका लागि अमेरिकाले पाँच वर्षमा ५० अर्ब दिने भनिएको सहयोग पनि स्वीकृत गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले न्यायाधीशहरूको विदेश भ्रमणलाई अस्वीकार गरेको छ । सर्वोच्च अदालतले केही न्यायाधीशको विदेश भ्रमणका लागि पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । 

त्यस्तै, नेपालको संविधानअनुसार जिल्ला शिक्षा कार्यालयहरु यही चैत २८ गतेदेखि नरहने व्यवस्था भएकामा मन्त्रिपरिषद् बैठकले हाल परीक्षा चलिरहेको हुँदा अन्तरिम व्यवस्थाका रूपमा जिल्ला समन्वय एकाइ स्थापना नभएसम्म २०७५ साल असार समान्तसम्म स्वीकृत बजेट कार्यक्रमभित्र रहेर कार्यालय रहने व्यवस्था गर्ने निर्णय गरेको छ ।   

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला