नेपालीहरूलाई नेपाली भएर बस्न दिनुस् : प्रधानमन्त्री ओली

नेपालीहरूलाई नेपाली भएर बस्न दिनुस् : प्रधानमन्त्री ओली

अमरवाणी संवाददाता /काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने बताएका छन् । रिर्पोटर्स क्लवको कार्यक्रममा ओलीले शनिवार युरोपेली युनियनतर्फ संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले अलिअलि आवाज कहाँबाट आएको छ ? स्वीच कहाँ छ ? हेर्ने बताउँदै उनले भने, ‘म सबैलाई भन्न चाहन्छौं, नेपालीहरूलाई नेपाली भएर बस्न दिनुस् । नेपाल एकतावद्ध हुन चाहन्छ, सम्बृद्ध हुन चाहन्छ ।’ 

 

नेक्रविक्रम चन्द ‘विप्लव’प्रति आक्रोशित ओली   

आफूलाई वारेन्ट जारी गर्ने नेक्रविक्रम चन्द विप्लव समूहलाई केटाकेटी खेल नखेल्न चुनौती दिए । ‘केपी ओलीलाई वारेन्ट ? यस्तो ठट्टा मजाक ? बरू प्रहसन कार्यक्रममा आउनुस्, मदनकृष्ण, हरिवंश र धुर्मुसलाई भन्दिन्छु ।’

कार्यक्रममा ओलीले कुरा थपे, ‘प्रचण्डलाई वारेन्ट रे, कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनु रे ? विप्लवलाई यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहान्छु । अलि बढ्ता भयो के !’

प्रधानमन्त्री ओलीले मुलुक अब यस्ता कुरामा नअल्झिने बताए । उनले भने, ‘माओवादी जनयुद्धको खाल उठिसक्यो, खाल नै नभएपछि च्याखेहरूले यो बन्द गरे हुन्छ ।’

ओलीले चन्दा उठाउनका लागि विप्लव समूहले क्रान्तिको गफ दिइरहेको टिप्पणी गरे । ‘सुतली बम पनि माक्सवादको सिद्धान्त हुन्छ ? चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’ ओलीले प्रश्न गरे ।  सार्वभौमसत्ता जनतामा आइसकेको भन्दै ओलीले  शोखका लागि क्रान्तिकारी नहुन आग्रह गरे । 

 

 

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध 

त्यस्तै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,‘वाम सरकारले अधिनायकवाद ल्याउँछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुुन्नु भएको होला ।’   

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला