'आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनुपर्छ' 

'आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनुपर्छ' 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनु पर्ने बताएका छन् ।  वुमन एक्ट र नेपाल बैँकर एशोशिएसनले राजधानीमा गरेको ‘महिला आर्थिक सशक्तिकरणका लागि निजी क्षेत्रको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनमा गर्भनर नेपालले महिलाको आर्थिक सशक्तिकरणका लागि आफैले अग्रसर हुनु आवश्यक रहेको बताएका हुन् । 

 ग्रामीण क्षेत्रमा महिलाको आर्थिक विकासका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण दिने व्यवस्था गरिपनि सूचना र जनचेतनाको अभावमा यस्तो सुबिधाबाट ग्रामीण महिलाहरु वञ्चित हुने गरेको उनले उल्लेख गरे ।   

कार्यक्रममा नेपाल बैँकर एशोशिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले लैंगिक असमानता हटाउन महिलाको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताए । 

 महिलाको आर्थिक सशक्तिकरणका लागि महिलाहरु आफैं अघि बढ्न पर्ने भन्दै उहाँले यसका लागि परिवार, समाज, निजी क्षेत्र र सरकारको साथ सहयोगको खाँचो औंल्याए । 

 यस्तै वुमन एक्टकी अध्यक्ष सिर्जना अधिकारीले महिलाको आर्थिक सशक्तिकरणका लागि सबैको सहयोग अपरिहार्य रहेको बताइन् । 

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला