को–को छन् आईजीपीको दौडमा ?

को–को छन् आईजीपीको दौडमा ?

काठमाडौं । जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले एक घण्टाभित्रै बदर गरेको थियो अघिल्लो वर्ष । त्यतिबेला नेपाल प्रहरीमा आईजीपी प्रकरण चर्किसकेको थियो ।   । आफू एक नम्बरमा भएर पनि आईजीपी नबनाइएको भन्दै तत्कालीन डीआईजी नवराज सिलवाल अदालत गएका थिए । सिलवाल अहिले सांसद बने ।  तत्कालीन प्रमुख विपक्षी नेकपा एमालेले सिलवालमाथि अन्याय भएको भन्दै त्यसलाई राजनीतिक मसला बनायो । त्यतिबेलाको प्रमुख विपक्षी एमाले अहिले सत्तामा छ र ठीक एक वर्षपछि नेपाल प्रहरीको आईजीपी नियुक्ति गर्ने ठाउँमा छ ।

प्रहरी नियमावली ०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु मध्येबाट र एआईजी नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्येबाट छान्ने उल्लेख छ । बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको दर्जाका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेका उम्मेदवारलाई गर्नु पर्ने समेत उल्लेख छ ।

३० वर्षे सेवा हदका कारण अहिलेका सबै एआईजीले अवकाश पाउँदैछन् । र, डीआईजीबाटै प्रहरी महानिरीक्षक चुनिँदैछ । यसअघि गत वर्ष पनि डीआईजीबाट प्रकाश अर्याललाई सिधै प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । सरकारले कार्यक्षमताका आधारमा १ नम्बरमा नरहेकालाई पनि आईजीपी बनाउन सक्छ

अहिले प्रहरी महानिरीक्षकका लागि दाबेदारका रुपमा १२ जना डीआईजीहरु छन् । डीआईजी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज नेउपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत र सुरेश विक्रम शाह आईजीपीका दाबेदार हुन् ।

एसएसपीबाट डीआईजीमा बढुवा हुँदाको कार्य सम्पादन मूल्याङ्कनलाई आधार मान्दा आईजीपीको दौडमा सर्वेन्द्र खनाल एक नम्बर, रमेश खरेल दुई नम्बर, तीन नम्बरमा पुष्कर कार्की र चौथोमा उत्तम कार्की छन् । उनीहरु चारैजना नेपाल प्रहरीमा ‘काबिल’ अफिसर मानिन्छन् ।

खनाल र खरेलबीच डीआईजी बढुवाका बेलाको कासमु झिनो अङ्कको फरक छ । एसएसपीसम्म हुँदा खरेल एक नम्बरमा थिए । खनाल आफू डीआईजीमा बढुवा हुँदा एक नम्बरमा भएकाले सरकारले न्याय गर्नेमा विश्वस्त छन् ।

खरेलले पनि डीआईजी बढुवामा आफू नवराज सिलवालसँगै गृहसचिव लोकदर्शन रेग्मी र आईजीपी उपेन्द्रकान्त अर्यालको शिकार बनेको गुनासो गर्दै आएका छन् । उनको गुनासो प्रधानमन्त्रीसम्म पुगेको छ । अर्का डीआईजी पुष्कर कार्की भने आईजीपी नियुक्तिको आधार कासमुमात्र नभएर ऐनले नै प्रष्ट व्यस्था गरेकाले आफ्नो कार्य क्षमता र नेतृत्व कुशलतालाई सरकारले मूल्याङ्कन गर्ने अपेक्षामा छन् ।

डीआईजी उत्तम पनि ज्येष्ठताका आधारमा आफू तीनैजनाभन्दा एक वर्ष ७ महिना सिनियर भएको र काहीँ पनि विवादमा नआएकाले सरकारप्रति आशावादी छन् । कासमु मुल्याङ्कनमा आफ्नो कम अङ्क हुनुमा पनि उनको आफ्नै गुनासो छ ।

सरकारले पसपटक आईजीपी नियुक्त गर्दा ८ महिना मात्र डीआईजी भएकामध्येबाट छान्नुपर्नेछ । यसपटक आईजीपी बन्दै गरेका डीआईजीहरुको डीआईजी भएपछिको कार्य सम्पादन मूल्याङ्कनको नम्बरसमेत छैन । किनकि, प्रहरी नियमावलीअनुसार असार मसान्तपछि मात्र कार्य सम्पादन मूल्याङ्कन नम्बर दिइन्छ ।

त्यसैले डीआईजीद्वय पुष्कर र उत्तम सरकारले जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता र आफूभन्दा मुनिको फोर्सलाई परिचालन गर्ने सामर्थ्यका आधारमा सरकारले आईजीपी नियुक्ति गर्ने बुँदालाई हाइलाइट गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला