यस्ता छन् सरकारका ६ प्राथमिकता

यस्ता छन् सरकारका ६ प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदार संस्थाका प्रतिनिधिहरूलाई सरकारका ६ प्राथमिकता बताएका छन् । प्रधानमन्त्री निवासमा  मंगलबार उनीहरूलाई बोलाएर ओलीले सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता बताएका हुन् । 

पहिलो प्राथमिकता  : सार्वभौमसत्ता

प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरूको संरक्षण भएको बताए । नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उनले भने, यो सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध छ । यसमा कुनै सम्झौता हुँदैन ।’

दोस्रो प्राथमिकता  : लोकतन्त्रप्रति प्रतिवद्ध

कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको बताए ।लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै उनले भने, ‘लोकतन्त्र अपरिहार्य छ र यसलाई कसैले खोस्न सक्दैन ।’

तेस्रो प्राथमिकता  : सामाजिक न्याय र समानता

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताविना दिगो विकासको कल्पना गर्न नसकिने बताए । समाजका हरेक तहतप्काका मानिसहरुलाई समान संरचना र उनीहरुको क्षमता अनुसार अवसर दिइने भन्दै उनले भने, ‘हाम्रो समाज विविधतायुक्त छ र यो नै नेपाली समाजको विशेषता हो ।’ संविधानले कसैमाथि पनि विभेद नगरेको र राज्यले आफ्ना नागरिकको मौलिक अधिकार संरक्षण गर्ने बताए ।

चौथो प्राथमिकता  : स्थिरता

स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले त्यसलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समाजमा हिंसाका लागि कुनै स्थान छैन ।’ विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भइरहेको भन्दै उनले भने, यस्ता तत्वहरु पनि छन्, जसले नेपालमा द्वन्द्व र कलह भइरहोस् भन्न चाहन्छन् ।’ युरोपेली युनियनतर्फ संकेत गर्दै उनले सार्वभौमसत्ता जनता निहीत रहेको र उनीहरुले मात्र आफ्ना संवैधानिक र राजनीतिक मुद्दामा निर्णय गर्न सक्छन् ।’

पाँचौं प्राथमिकता  : सुशासन

सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्देशित गर्ने उनले बताए । प्रधानन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिने पनि बताएका छन् ।

छैटौं प्राथमिकता  : जनताको आकांक्षा सम्बोधन

लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक मात्र ध्येय जनताको इच्छा आकांक्षा पूरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् । उनले भने, ‘हाम्रो राजनीतिक परिर्वतनलाई टिकाई राख्न द्रुत आर्थिक विकास गर्ने चाहना छ ।’

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला