वाम एकता प्रतिवेदन अन्तिम कसरतमा

वाम एकता प्रतिवेदन अन्तिम कसरतमा

काठमाडौँ । एमाले–माओवादी केन्द्र एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदल आफ्नो प्रतिवेदन तयारीको अन्तिम कसरतमा जुटेको छ । प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी दुवै पार्टीका शीर्ष नेताबीच छलफल चलेपछि कार्यदलले आफ्नो प्रतिवेदन तयारीलाई अन्तिम रूप दिन कसरतमा लागेका हुन् ।

अन्तरिम विधान र राजनीतिक प्रतिवेदन तयार पार्न ७ फागुनमै एकता संयोजन समितिले दुई वटा छुट्टाछुट्टै कार्यदल बनाएको थियो ।माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन कार्यदल बनाएको थियो । राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलको आइतबार मात्रै पनि एमाले संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

कार्यदलमा तयार भएको मस्यौदामा आइतबार सदस्यले सुझाव दिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । नेता नेम्बाङका अनुसार अब १४ गते पुनः कार्यदलको बैठक बसी बुँदागत छलफल गर्दै पारित गर्ने, १४ नभए पनि १५ गतेभित्र प्रतिवेदन तयार पारी एकता संयोजन समितिलाई बुझाउने तयारी भइरहेको छ ।

‘आइतबारको बैठकमा कार्यदलले तयार पारेको मस्यौदामाथि सदस्यले छलफल गरी सुझाव दिने काम सम्पन्न भएको र सोमबार सुझावसहितको मस्यौदा सबै सदस्यले अध्ययन गरेपछि त्यसलाई छलफलपछि अन्तिम रूप दिनेछ’, नेम्बाङले भने ।

दस्ताबेजमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, राष्ट्रिय परिस्थिति, राष्ट्रिय कम्युनिस्ट आन्दोलन, राजनीतिक शक्तिको सामान्य विश्लेषण, तत्कालीन कार्यनीति, रणनीति, पार्टी एकताको आवश्यकता, औचित्यता र त्यसको आगामी कार्यभार समेटिएको छ ।

७ फागुनमा एकता संयोजन समिति बैठकमा भएको समझदारीलाई नै समेटिएको नेकपा माओवादीकी नेता तथा कार्यदल सदस्य तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

अन्तरिम विधान बनाउन गठित कार्यदलले पनि आन्तरिक तयारी गरिरहेको छ । कार्यदलमा बहुमत सदस्य सरकारका मन्त्री रहेपछि सरकारभन्दा बाहिरै रहेका नेता बसेर मस्यौदालाई अन्तिम रूप दिने तयारीमा छलफल गरिरहेका छन् । कार्यदलमा पार्टी एकता गर्दा पार्टी कस्तो हैसियतको कमिटीमा प्रतिनिधित्व रहने, र उमेर हद लगाउने वा के गर्ने भन्नेमा टुंगो लागेको छैन ।

कार्यदल सदस्य वेदुराम भुसालका अनुसार ७० वर्षको उमेर हद लगाउने विषयमा पनि छलफल भएको छ ।पार्टीका अनुशासन आयोग, निर्वाचन आयोग र लेखा गरी तीन वटा आयोग रहनेछन् । केन्द्र र प्रदेशमा तीनै आयोग रहनेछ ।

त्यस्तै केन्द्र, प्रदेश र गाउँ तथा वडास्तरसम्म जनसंगठन रहने र ती कमिटीको कर्तव्य, अधिकार र ती पदका उम्मेदवारको योग्यतालगायत विषयमा टुंगिसकेको छ ।पार्टी एकता गर्दा जिल्ला तहमा भूगोलमा कुन पार्टीको अवस्था कस्तो छ भन्ने विषयलाई पनि ध्यान दिन खोजिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले खुलाएका छन् ।

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला