भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

 भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौँ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरूसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै एक नेताले भने, ‘कुरा आएको छ तर, भ्याइन्छ कि भ्याइँदैन भन्न सकिन्न ।’

प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन ।  एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए । प्रमुख पदहरुमा भागवण्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् ।

७ फागुनमा सातबुँदे सहमति भएको थियो, जसमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ राख्ने उल्लेख छ । त्यसपछि संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल पनि बन्यो । कार्यदलका धेरै सदस्य मन्त्री बनेपछि एकतासम्वन्धी छलफलले प्राथमिकता पाएको छैन ।

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला