आज राष्ट्रपति निर्वाचन, भण्डारी र राईबीच प्रतिस्पर्धा

आज राष्ट्रपति निर्वाचन, भण्डारी र राईबीच प्रतिस्पर्धा

काठमाडौँ । आज राष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ ।  राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताए । 

यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिएकी उनलाई सत्तारुढ घटक नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ । यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । 

विजयी हुन २६,२५१ मत आवश्यक

सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ ।  संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ । 

नागरिकतालाई मान्यता 

निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नेछन् । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला