सभामुखमा महराको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

   सभामुखमा महराको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ रहेका छन भने समर्थक माओवादी सचेतक देव गुरुङ छन् । 

 शुक्रबार बिहानमात्र माओवादी केन्द्रले सभामुखमा महरालाई प्रस्ताव गरको थियो  ।  महराले संसद भवन पुगेर उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु सहभागी थिए । उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेसम्म तोकिएको छ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताएका छन् । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने समेत भनेका छन् । 

माओवादीबाट, सभामुखका लागि महरासँगै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी गरेका थिए  ।  यसैबीच, प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने प्रवक्त विश्वप्रकाश शर्माले बताएका छन् । 

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला