राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने 

राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने 

काठमाडौँ ।  राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रसँग राजपा नेपालले केही दिनदेखि वार्ता गरिरहेको छ । वार्ता सकारात्मक भएका कारण राष्ट्रपतिमा राजपा नेपालले भण्डारीलाई समर्थन गर्ने भएको हो । 

पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले संविधान संशोधनमा कुरा मिलेपछि एमालेसँग सहकार्य गर्ने छलफल जारी रहेका हुनाले आफ्नो पार्टीले सो पार्टीका उम्मेदवार भण्डारीलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘सरकारसँग वार्ता चलिरहेको छ, सहमति हुन्छ या हुँदैन थाहा छैन तर हामीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरिसकेका छौ ।’ राष्ट्रपतिको चुनाव फागुन २९ गते हुनेछ ।

सत्तारुढ दल र राजपा नेपालसँग केही दिनदेखि वार्ता चलिरहेको छ । राजपा नेपालले संविधान संशोधनलाई बटमलाइन बनाएको छ । यता सरकारको नेतृृत्व गरेको एमाले पनि संविधान संशोधनप्रति सकारात्मक भएको छ । दुई पक्षबीच मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी चलिरहेको छ ।   

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला