एउटै विद्यालय पढेका भण्डारी र राईको राष्ट्रपतिमा उम्मेदवारी

एउटै विद्यालय पढेका भण्डारी र राईको राष्ट्रपतिमा उम्मेदवारी

काठमाडौँ । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईल मनोनयन दर्ता गरेका छन् । भण्डारी र राईले बुधबार अन्तर्र्रािष्ट्रय सम्मेलन केन्द्र, नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । भण्डारी र राई दुवै जना कुनैबेला भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए । 

एमाले स्थायी कमिटी वर्तमान राष्ट्रपति भण्डारीलाई नै पुनः राष्ट्रपतिमा दोहो¥याउने निर्णय मंगलबार मध्यराति गरेको थियो भने कांग्रेसले बुधबार बिहान राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उम्मेदवारी दर्ता गरेकी हुन् । भण्डारीको प्रस्तावकमा माधव नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र ओनसरी घर्ती छन्। यस्तै उनको समर्थकका रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

यस्तै कांग्रेसकी उम्मेदवार राईको मनोनयनमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कडेँल र पार्वती डीसी चौधरी प्रस्तावक छन्। उनका समर्थकमा मेखलाल श्रेष्ठ, राधा घले लगायत छन् ।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसदका सदस्यहरूले मतदान गर्नेछन्। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ।

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला