सर्वोच्चद्वारा शपथको बाटो खुला

सर्वोच्चद्वारा शपथको बाटो खुला

काठमाडौँ । राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित तीन जनालाई शपथ खुवाउने बाटो सर्वोच्च अदालतले खुला गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई तत्काल शपथ नगराउनु भनी गत फागुन १३ गते जारी भएको अन्तरिम आदेशलाई न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदा प्रसाद घिमिरेको संयुक्त इजलासले खारेज गरेको हो ।

यसअघि, न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरूलाई शपथ नगराउन भन्दै दिएको अन्तरिम आदेश खारेज भएसँगै ओली सरकारले सिफारिस गरेका तीनै जनाले शपथ लिने बाटो खुलेको हो ।

सर्वोच्चको यसअघिको अन्तरिम आदेशकै कारण उनीहरू तीनैजना यही फागुन २० गते भएको शपथमा सहभागी हुन पाएका थिएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले ओली सरकारले गरेको सिफारिस संविधान विपरीत भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाई गर्दै न्यायाधीश राउतले तत्काल शपथ नगराउन भन्दै अन्तरिम आदेश दिएका थिए ।

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला