अध्यक्ष ओलीको अडानले भण्डारी फेरि राष्ट्रपति हुने पक्का 

अध्यक्ष ओलीको अडानले भण्डारी फेरि राष्ट्रपति हुने पक्का 

काठमाडौँ । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिलाई नै पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो ।

साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा विद्यालाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो । बालुवाटार बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले पनि एमाले स्थायी समितिले भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।

भण्डारी सजिलै राष्ट्रपति 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ ।  पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन् । दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका थिए । उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ थियो । भण्डारीले आफ्नो पक्षमा माहोल बनाउन ओली–प्रचण्डलाई शीतल निवासमै बोलाएर दिवाभोज समेत दिएकी थिइन् । एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको थियो ।

एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । राष्ट्रपतिको उम्मेदवार छान्न बसेको स्थायी समितिको बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गरेका थिए । यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको थियो । नेपाल पक्षले एकै व्यक्तिलाई दोर्होयाएर अवसर दिनु गलत हुने बताउँदै आएको थियो ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ । आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ ।  एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ । यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।  

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला