गगन थापालाई बम हान्नेहरु धरौटीमा रिहा

गगन थापालाई बम हान्नेहरु धरौटीमा रिहा

काठमाडौं, पुस २२ । निर्वाचन प्रसार प्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौले धरौटीमा रिहा गरेको छ ।

अभियुक्तहरु महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाका दरले धरौती रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो ।

कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्धय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

अर्का एक जना राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्धा रहेकाले प्रहरीले नुवाकोटमा पठाईदिएको छ ।

उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योग सम्वन्धी मुद्धा लगाइएको थियो ।

घटना लगत्तै पक्राउ परेका मध्ये ६ जना विरुद्ध तत्काल जिल्ला अदालत काठमाडौमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्धा दायर भएको थियो ।

उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि दुई जना बाहेक सवैलाई रिहा गरेकोमा घटनाका पिडितहरुले असन्तोष जनाएका छन् ।

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला