प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

काठमाडौ १४,पुस राजनीतिक दलहरुले प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ ।

नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली हिजै टुंगो लगाए पनि नाम भने बुझाउन बाँकी छ । नेपाली कांग्रेस र माओवादी केन्द्र नाम टुंगो लगाउन गृहकार्यमा जुटेका छन् ।

प्रदेश समानुपातिकमा कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् ।

यसैगरी संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले ३र३ तथा राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।

नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १/१ सिटमात्र पाएका छन् ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला