नेतृत्वले पत्याए ३ नं को मुख्यमन्त्रीः स्थापित

  नेतृत्वले पत्याए ३ नं को मुख्यमन्त्रीः स्थापित

 काठमाडौं ६ ,पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । पार्टीका अध्यक्ष लगायत वरिष्ठ नेताहरुसँग परामर्श गरेर आफू यो निर्णयमा पुगेको उनको दाबी छ । पत्रकारसँगको भेटमा उनले नेतृत्वले विश्वास गरे आफू नै ३ नं प्रदेशको मुख्यमन्त्री बन्ने जिकिर गरे ।  

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका शीर्षस्थ नेताहरुसँग भेट गरेपछि स्थापितले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको सार्वजनिक गरेका हुन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्रीको उपयुक्त उम्मेदवार भएको बताएका हुन् ।

बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै स्थापितले भने ‘पार्टीमा मभन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित हुनुभएको छ । तर केपी ओलीका देश विकासको स्पिरिटसँग मेरा योजनाहरु मिल्छन् । काम गरेर देखाउने चुनौती मोल्छु भनेरै म प्रतिनिधिसभाको उम्मेदवार नबनी प्रदेशमा आएको हुँ ।’ मलाई आशा छ पार्टीले मलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ ।

स्थापितले आफूले राजधानीको मेयर हुँदा गरेका केही कामको उदाहरण दिँदै ५ वर्षभित्र ३ नम्बर प्रदेशको पूर्वाधार विकासमा चमत्कार गर्ने बताए । भावी प्रधानमन्त्री ओली र आफ्नो स्पिरिट मिल्ने र ओलीका योजना कार्यन्वयनका लागि आफू मुख्यमन्त्री हुनुपर्ने स्थापितको दावी छ ।३ नम्बर प्रदेश कमिटी संयोजक समेत रहकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको लागि प्रदेश कमिटीले यसअघि नै निर्णय गरिसकेको छ । यद्यपी राजेन्द्र पाण्डे, सानुकुमार श्रेष्ठ लगायतका नेताले पनि मुख्यमन्त्रीको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला