‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

तनहुँ, पुस २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ ।

गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।” राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो ।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि उहाँले राख्नुभयो ।

आइतबार वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिनुभएको थियो । चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने पौडेलले बताउनुभयो । पौडेल नेकपा९एमाले०का कृष्णकुमार श्रेष्ठसँग चुनावमा पराजित हुनुभएको थियो । (रासस)

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला