समानुपातिकतर्फ सर्लाहीको १ क्षेत्रको गणना बाँकी,एमाले १९ मतले अगाडि

 काठमाडौं २ पुस । प्रदेश तथा प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । आयोगको लक्ष्य अनुसार गणनाले गति लिन नसकेपछि परिणाम घोषणामा केही बिलम्ब भएको हो ।

समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना  बाँकी छ । आयोगका अनुसार, चिसोका कारण शनिबार रोकिएको यहाँको गणना आइतबार बिहानैदेखि सुरू भएको छ ।

निर्वाचन आयोगको जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

समानुपातिकतर्फको गणनामा सुरूदेखि नै  राष्ट्रिय जनता पार्टी नेपाललार्इ पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ । अन्तिम परिणाममा राजपा चार लाख ७० हजार ४८६ मत बटुल्न सफल भएको छ भने  संघीय समाजवादी फोरमको पक्षमा  चार लाख ६९ हजार ४६१ मत परेको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।

दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला