हारमा पनि जित देख्ने नेताहरु

 हारमा पनि जित देख्ने नेताहरु

काठमाडौ २७, मंसिर । नारायणी लामिछाने/मिलन विक्रम सिंह बस्नेत । निर्वाचनमा होमिएका राजनीतिक पार्टीका उम्मेदवार प्रायः सबैको एउटै रणनीति हुन्छ जसरी पनि आफूले चुनाव जित्ने । चुनाव जित्नका लागि उनीहरुले अनेक किसिमका हत्थकण्ठा समेत अपनाउँछन् । उम्मेदवारको कटाक्ष र सम्बन्ध पानी वारावारकै हुन्छ । चुनाव जित्दा त झन उनीहरुबीच तुष झनै वढने गरेको कतिपय घटना छन् । तर, अपवाद यस्ता उम्मेदवार पनि छन जो हार सहर्ष स्वीकार्न सक्छन् । अझ हराउनेलाई स–सम्मान अविर माला लगाएर नमूना सावित हुन्छन् । 

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा पनि हारलाई सहजै स्वीकार्ने उम्मेदवार देखिए । लोकतान्त्रिक र वामगठवन्धन दुबै पक्षका उम्मेदवारले निर्वाचनको हार सहर्स स्वीकारे र हार्नेले जित्नेलाई फूलमाला र अबीर लागाइदिए । त्यतिमात्र होइन केहीले त हारेकै क्षण सेल्फी समेत लिन भ्याए ।    काठमाडांै क्षेत्र नं १ बाट विजयी भएका कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजय भएका विवेकशील साझाका उम्मेदवार पत्रकार रवीन्द्र मिश्रले बधाई दिएर अंकमाल गरेर र सहर्ष हार स्वीकार गरे ।  सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरे भने मिश्रले १० हजार १ सय १८ मत पाएका गरेका थिए । झापा क्षेत्र नं. १ मा कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका नेता राम कार्कीसँगं पराजित भएपछि आफ्नै बगैचाको फूलको माला लगाइ दिएर जितको शुभकामना मात्र दिएन सेल्फीसम्म खिच्न भ्याए । कार्कीले ३६ हजार १७३ मत ल्याएका थिए भने कांग्रेसका शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए । 

चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सँग पराजित राप्रपा नेपालका विव्रmम पाण्डेले पनि उही संस्कार फलो गरे । उनले निर्वाचन हारेपछि प्रचण्ठलाई माला लगाएर खुसी साटासाट गरे । प्रचण्डले ४४ हजार २७६ मत प्राप्त गरेका छन् भने पाण्डेले ३८ हजार ९३५ मात्र मत प्राप्त गरेका थिए ।  काठमाण्डौ क्षेत्र न ४ नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा सँग वाम गठवन्धनवाट उम्मेदवार बनेका एमालेका युवा नेता डा. राजन भट्टराई पराजित भए । भट्टराईले पनि मुस्कुराउँदै गगनलाई कार्यसफलताको शुभकामना दिए । थापाले २१ हजार ५ सय १८ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत पाए ।  मोरङ क्षेत्र नं. ६ बाट बाम गठवन्धनवाट उम्मेदवार बनेका एमाले नेता लालवावु पण्डितसँग लोकतान्त्रिक गठवन्धनवाट उम्मेदवार बनेका कागं्रेस नेता शेखर कोईराला पराजित भए । पराजित भएसँगै कोईरालाले लोकतन्त्रको अभ्यास भएको र हार जितलाई स्विकार गर्नु पर्छ भन्दै पण्डितलाई शुभकामना दिएका थिए । पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका थिए भने कोईरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । 

गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठवन्धनवाट उम्मेदवार वनेका नयाँ शक्तिका डा. बाबुराम भट्टराईले बाम गठवन्धनवाट उमेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरे । भट्टराईले जित्ने निश्चित भएपछि श्रेष्ठले  आफ्नो टृवीटमार्फत  भट्टराईलाई जितको  शुभकामना दिए । भट्टराईले ३१ हजार ८ सय ७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाए ।  गुल्मी क्षेत्र नं १ मा एमाले नेता प्रदीप ज्ञावालीसँग हारेका कांग्रेसका युवा नेता चन्द्र भण्डारीले पनि सहर्ष हार स्वीकारे । उनले ज्ञवालीलाई कार्यकाल सफलताको कामना सहित शुभकामना दिएका थिए । ज्ञवालीले ३६ हजार ८ सय १४ मत प्राप्त गरेका थिए भने भण्डारीले ३० हजार २ सय ५६ मत  प्राप्त गरे ।  ओखलढुङ्गाबाट विजयी बनेका एमाले युवा नेता यज्ञराज सुनुवारले कांग्रेसका उम्मेदवार रामहरि खतिवडालाई पराजित गरे । पराजित खतिवडाले सुभकामना दिएर हार स्वकीकारे । सुनुवारले ३२ हजार ५ सय मत प्राप्त गरेका थिए भने खतिवडाले  २७ हजार ३ सय २७ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला