नुवाकोटमा समानुपातिकमा कांग्रेस अगाडी

 नुवाकोटमा समानुपातिकमा कांग्रेस अगाडी

२७ मंसिर काठमाडौ – नुवाकोटको क्षेत्र नं १ मा प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ नेपाली कांग्रेस अगाडी भएको छ ।

बुधबार बिहान सम्पन्न मतगणना अनुसार नुवाकोट १ मा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।

प्रत्यक्षतर्फको छ ओटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै नेकपा एमालेले ३९ हजार ६ सय ९ मत ल्याएर दोस्रो र नेकपा माओवादी केन्द्रले २७ हजार ८ सय ५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधी सभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं। १ मा नेपाली कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं। २ मा नेकपा एमाले पहिलो भएको छ । 

क्षेत्र १ को प्रदेश सभातर्फ प्रदेशसभा क मा नेपाली कांग्रेसले १२ हजार २६, माओवादीले १० हजार ६ सय ४६ र एमालेले ५ हजार ३ सय ३२ मत ल्याएको छ । प्रदेश ख मा नेपाली कांग्रेसले ११ हजार २ सय ६९, एमालेले ८ हजार ७ सय ८३ र माओवादीले ७ हजार ८ सय ६६ मत ल्याएको छ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं। २ मा नेकपा एमालेले २५ हजार २ सय ५६, कांग्रेसले २४ हजार १ सय ६०, माओवादीले ९ हजार ३ सय ३८ मत ल्याएको छ ।

क्षेत्र नं। २ को प्रदेश  सभा क मा एमालेले १२ हजार २ सय २९, कांग्रेसले १० हजार ८ सय ७२ र माओवादीले ५ हजार १ सय ९ मत ल्याएको छ । यस्तै प्रदेश ख मा कांग्रेसले ११ हजार ५ सय ६३, एमालेले १० हजार ७ सय २२ र माओवादीले ५ हजार २ सय ६२ मत ल्याएको छ ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला