यी हुन् चुनाव हार्ने डेढ दर्जन मन्त्री

  यी हुन् चुनाव हार्ने डेढ दर्जन मन्त्री

 काठमाडौं २५,मंसिर, नारायणी लामिछाने/मिलन बिक्रम सिंह बस्नेत । प्रधानमन्त्री शेरवहादुर देउवा मन्त्रीपरिषद्का १८ जना मन्त्रीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेका छन् । 

मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाबाट मन्त्री बनेका चर्चित अनुहारले चुनाव हारेका छन् । वहालवाला १८ जना मन्त्रीले चुनाव हारेका यो पहिलो पटक हो ।   चुनाव हार्ने सूचीमा उप–प्रधान तथा उर्जा मन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापादेखि भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितसम्म रहेका छन् । सूचना तथा संञ्चारमन्त्री देउवा क्याबनेटका प्रभावशाली मन्त्री मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक–१ बाट माओवादी नेता अग्नि सापकोटसँग भारी मतले पराजित भए । बस्नेत १० हजार ७ सय मतले हार्न पुगे ।

कांग्रेसको मधेश क्षेत्रका प्रभावशाली नेताका रुपमा परिचित श्रम तथा रोजगार मन्त्री फरमुल्ह मन्सुर बारा–३ बाट रामबाबु कुमार यादवसँग पराजित भए ।  थापा मनवानपुर क्षेत्र नं १ बाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवार कृष्णप्रसाद दाहाले पराजित गरेका हुन् । दाहालले ४०,६३१ मत ल्याएर विजय बने भने थापाले ३४,६५८ मत प्राप्त गरे । त्यस्तै राप्रपाका महामन्त्री विक्रम पाण्डे चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भए । वन तथा भूसंरक्षण मन्त्री पाण्डेले ३८,९३५ मत ल्याउँदा प्रचण्डले ४८,२६३ मत प्राप्त गरी विजयी भए ।  

उद्योगमन्त्री सुनिल थापा धनकुटाबाट राजेन्द्र राईसँग पराजित भए । कृषि विकास मन्त्री रामकृष्ण यादव धनुषा–३बाट उमाशंकर अरगरियासँग पराजित भए । त्यस्तै सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेत काठमाडौं क्षेत्र नं ३ बाट एमाले नेता कृष्णवहादुर राईसँग पराजित भइन् । भौतिक योजना तथा पूवार्धार मन्त्री वीरवहादुर बलायर डोटीबाट पराजित भए । उनलाई एमालेका प्रेम वहादुर आलेले १६३२ मतले हराए ।  बैतडी क्षेत्र १ बाट वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द दामोदर भण्डारीसँग पराजित भए । ललितपुर क्षेत्र नं २ बाट चर्चित कांग्रेसका युवा नेता उदय शम्शेर राणा अर्थ राज्यमन्त्रीलाई पूर्व डिआईजी नवराज सिलवालले हराए । त्यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम वहादुर थापा काठमाडौं क्षेत्र नं ७ मा एमाले नेता रामविर मानन्धरसँग पराजित भए ।

कृषि विकास मन्त्री कांग्रेस नेता रामकृष्ण यादव धनुषा –३ बाट उमाशंकर अरगारिया संघीय समाजवादीका उम्मेदवारसँग पराजित भए ।  खानेपानी तथा सरसफाई मन्त्री कांग्रस नेता महेन्द्र यादव धनुषा–४ बाट एमाले नेता रघुवीर महासेठसँग पराजित भए । भौतिक पूर्वाधार र यातायार मन्त्री सिता गुरुङ तेह्रथुमबाट एमालेका उम्मेदवार भवानीप्रसाद खातुङसँग पराजित भइन् ।

राप्रपाका प्रभावशाली नेता एवम् स्वास्थ्य मन्त्री दिपक बोहरा रुपदेन्दी–३ बाट एमाले युवा नेता घनश्याम भुषालसँग पराजित भए । राप्रपा नेतृ महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराई र सहरी विकास राज्यमन्त्री कुन्ति शाही र  सूचनातथा सञ्चार राज्यमन्त्री तत्प बहादुर विष्ट पनि पराजित सूचीमा रहेका छन् ।           

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला