हिलो–धुलो खाएको बिर्सौं अब मेलम्चीको पानी खुवाउछुँः बस्नेत

        हिलो–धुलो खाएको बिर्सौं अब मेलम्चीको पानी खुवाउछुँः बस्नेत

 मिलन बिक्रम सिंह बस्नेत,काठमाडौ १८, मंसिर । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यको उम्मेदवार एवम् सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रका बासिन्दालाई पहिलो चरणमै मेलम्चीको पानी खुवाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

 कांग्रेस काठमाडौं क्षे नं ३ ले जोरपाटी वाहुनधारामा आयोजना गरेको विशाल आमसभमा बोल्दै बस्नेतले मेलम्ची परियोजनाले पहिलो चरणमा रिङरोड भित्र मात्र पानी वितरण गर्ने योजना बनाएको भन्दै यो ३ नं मा वितरण नगरी अन्यत्र लैजान नदिने बताइन् । ‘मैले यो चुनावी एजेण्डा बनाएको होइन, हिलो धुलो खाने हामी पानी खाने अरु । यो हुनै सक्दैन’ उनले भनिन् ।  सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेकी बस्नेतले आफ्नो पालामा नयाँ सहकारी ऐन ल्याउन सफल भएको र यसले सहकारीमा हुने विकृति÷विसङ्गति रोक्न सहयोग पुग्ने दाबी गरिन् । सहकारीबाट स्थानीय महिलाहरु स्वरोजगार र आत्मनिर्भर बन्ने उनले विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा बोल्दै क्षेत्र नं ३ प्रदेश सभा ख का उम्मेदवार विमल ठकुरीले आफ्नो क्षेत्रलाई नमूना प्रदेश वनाउने बताए ।  प्रदेश सभा क का उम्मेदवार छिरिङ दोर्जे लामाले स्थानीय स्तरमा योजना बन्दैछन् शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सडक र युवा स्वरोजगारीका लागि हामी सक्रियता पूर्वक काम गरिरहेको र काम पक्रियामै भएका कारण परिणाम आइसकेको छैन छिट्टै स्थानीयले विकासको अनुभूत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे सोही नगरका वडा नं. ५ नारायण सुवेदी, ९ का वडाअध्यक्ष र का.म.न.पा  ६ का वडाध्यक्ष दिपेन्द्र लामा लगायतले क्षेत्रको विकासका लागि कांग्रेसको विजयी सुनिश्चि गराउन आमजनसमुदायलाई अनुरोध गरे ।    

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला