बादरमुढे घटना पीडितसँग प्रचण्डले गरे ३ बुदेँ सम्झौता

 

चितवन १७ मंसिर – चितवनको माडीस्थित वादरमुढे पीडितहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पीडित २९ जनाका विचमा ३ वुदे सम्झौता भएको हो ।  सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी कामगर्न सक्नेलाई रोजगारी,नसक्नेका लागि जीवनवृति,वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो वुदामा उल्लेख गरिएको छ ।  त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र कामगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।  त्यसैगरी तेस्रो वुदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क वनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ ।  सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पीडितहरुको तर्फवाट विकास लामिछाने,कृण्ण तिवारी,कृष्ण आचार्य,हरी न्यूरे९सुदिप०,मंगली पुनले सम्झौता गरेका छन् ।  सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला