खबरदार ! ह्रिइलरको फन्दामा पर्नुहोला 

 खबरदार ! ह्रिइलरको फन्दामा पर्नुहोला 

 काठमाडौं १४, मंसिर । नारायणी लामिछाने । तपाई सार्वजनिक पार्किङ स्थलमा कार पार्किङ गर्दै हुनुहन्छ ? होस गर्नुहोस्, ट्राफिक प्रहरीको ह्रिलरले तपाईको कार वाध्ने छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले जथाभावी कार तथा ट्याक्सी पार्किङ व्यवस्थापनका लागि नयाँ नियम लागू गरेको छ ।  यदि नियमको पालना नभएमा वा जथाभावी पार्किङ गरेको पाइएमा ट्राफिक प्रहरीले तपाईको लाइसेन्स माग्छ र ठाँउका ठाँउ रु. १ हजारको चिट थमाउछ । यदि कारवाला नभेटिए तपाईको कार ह्रिइलर फन्दामा पर्ने छ । शुक्रबार चावहिल मेडिकेयर अगाडि ४/५ ओटा कार ह्रिइलरले बाधिएका थिए । चावहिल चोकका प्रहरी दयाराम खतिवडा भन्छन् ‘ यो नियमबारे थाहा नभएर जथाभावी पार्किङ भइरहेको छ, तर नियम लागू भएपछि सुधार भने भएको छ ।’    

    महानगरीय टा«फिक प्रहरी कार्यालय काठमाडौले २ हप्ता अघिदेखि यो व्यवस्था लागू गरेको थियो । अव्यवस्थित पार्किङ गरिएका कार तथा ट्याक्सीको लक फुकाउन सवारी  धनीले रू. १ हजार जरिवाना तिर्नुपर्ने  र धनी नआएमा ग्लोबल आईएमई बैँकमा गएर रकम डिपोजिट गरेपछि मात्र गाडी फिर्ता पाइन्छ ।  

राजधानीमा बढिरहेको अव्यवस्थित पार्किङ तथा  निर्वाचनको समयमा हुने गरेको जथाभावी पार्किङलाई मध्यनजर गर्दै महानगरले यस्तो अभियान थालेको हो । यस अभियान पश्चात मानिसहरुमा केही चेतना वढेको र अव्यवस्थित पार्किङ घटेको महानगरिए ट्राफिक कार्यालयको भनाइ रहेका छ । अव्यवस्थित पार्किङले पैदल यात्री आवतजावतमा समस्या हुने र दुर्घटना निम्तिने गरेको छ ।    

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला