जनतालाई चुनाव जित्ने होइन वास्तविक विकास चाहिएको छःगगन

 जनतालाई चुनाव जित्ने होइन वास्तविक विकास चाहिएको छःगगन

काठमाडौं १२,मंसिर । काठमाडौंवासीले चुनाव जित्ने होइन वास्तविक विकास चाहेको काठमाडौं क्षेत्र नं ४ का कांग्रेसका उम्मेदवार गगन थापाले बताएका छन् । आज विहान चावहिल कुटुवहालमा आयोजित कार्यक्रममा विपक्षीले अनेकन हल्ला फैलाएर जनतामा भ्रम फैलाउन खोजेको भन्दै वास्तविक विकासवादी लाई चिन्न अनुरोध गरे ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निकै चर्चा पाएको काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट यसअघि निर्वाचित भएका थापाले विपक्षीले चुनाव जित्ने  गलत र भ्रामक प्रचारशैली अपनाएको दाबी गरे । कार्यक्रममा आफूले दीर्घकालीन विकासको एजेण्डा अघि सारेर त्यही रुपमा अघि वढेको भन्दै विपक्षीले यो या त्यो नाममा गलत प्रचारगर्दा दुःख लागेको बताए । 

जसले जितेपनि जनताको मन जितेरै चुनाव जित्ने भएकाले सम्हालिएर प्रचार गर्न उनले एमालले कार्यकर्तालाई आग्रह समेत गरेका छन् । विकास सामाजिक सञ्जालमा टिप्पणी गरे जस्तो सजिलो र १÷२ दिनमै हुने चीज होइन । यो निरन्तर र प्रतिवद्ध भएर गनुपर्छ भन्दै यसका लागि आफू र नेपाली कांग्रेस सधैं प्रतिवद्ध  रहेको जिकीर गरे । कुटुवहालको ऐतिहासिक विशेषता, वीरेन्द्र पुस्तकालय लगायत संरचना संरक्षणका लागि आफूले हातेमालो गरेका उनले बताए ।  कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार सामाजिक अभियन्ता नरोत्तम वैद्यले धर्म संस्कृति र स्थानीयपनको संरक्षण आजको आवश्यकता भएको भन्दै चर्को नारा दिने तर काम नगर्नेलाई निर्वाचनले ठेगान लगाउने बताए । यस क्षेत्रमा वामगठबन्धनबाट परराष्ट्र विद् डा. राजन भट्टराई चुनावी मैदानमा छन् ।  

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला