निर्वाचनको तयारी पूरा

निर्वाचनको तयारी पूरा

फिदिम : आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। एक सय ६५ मतदान केन्द्रमा खटिएका १३ सय १७ कर्मचारी सबै मतदान केन्द्रमा पुगेर तयारी गरेको मुख्य निर्वाचन अधिकृत मोजक केसीले जानकारी दिए।

केसीका अनुसार सम्पूर्ण मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदान स्थलको निर्माण कार्य सम्पन्न भएको छ। मतदान सम्पन्न भएपश्चात मतपेटिका संकल गरी सदरमुकाम फिदिमस्थित कर्मचारी मिलन केन्द्र र पाँचथर सामुदायिक पुस्तकालयमा राख्ने व्यवस्था गरिएको केसीले बताए।

मेची अञ्चलको पाँचथर र ताप्लेजुङ आइतबार मतदान हुँदैछ। मतदानका लागि सुरक्षा अवस्था कडा पारिएको मेची अञ्चल प्रहरी प्रमुख पिताम्बर अधिकरीको भनाई छ। छिटफुट रुपमा बम विस्फोट भएपनि पाँचथर र ताप्लेजुङको अवस्था शान्तिपूर्ण भएकाले ढुक्कसाथ मतदान गर्न अधिकारीले आह्वान गरे।

पाँचथरमा निर्वाचनको सुरक्षाका लागि सात सय ४१ नेपाल प्रहरी, चार सय २४ सशस्त्र प्रहरी र आठ सय ६२ म्यादी प्रहरी खटाइको छ। प्रत्येक गाँउपालिकामा दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको हो। आवश्यकता अनुसार नेपाली सेनाको परीचालन गर्ने उद्देश्यले विभिन्न ठाँउमा सेनालाई तैनाथ राखिएको छ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला