३२ जिल्लामा चुनावी प्रचारप्रसार अन्तिम चरणमा, उम्मेदवारलाई भोट माग्न भ्यानभ्याई

३२ जिल्लामा चुनावी प्रचारप्रसार अन्तिम चरणमा, उम्मेदवारलाई भोट माग्न भ्यानभ्याई

काठमाडौं ७, मङ्सिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आज चुनावी प्रसारप्रसार सकिदै छ । प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याई छ । राती १२ बजेपछि मौन अवधि सुरु भएपछि चुनवाी कार्यक्रम, सभा र घरदैलो गर्न नपाउने भएपछि ती जिल्लाका उम्मेदवार भोट आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । मङ्सिर १० पहिलो चरणमा निर्वाचन हुने हिमाली र उच्च पाहाडी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुने छ । मौन अवधिमा निर्वाचन प्रसार प्रसारका सबै कार्य बन्द हुने भएका छन् । मतदाता शिक्षा तथा आयोगबाट जारी सूचनालाई प्रवाह गर्न भने आयोगले रोक लगाएको छैन । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । पहिलो चरणको निर्वाचनको मौन अवधिमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूबाट आउने समाचारलाई सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिँदा त्यस्ता सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आयोगले आग्रह पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला