पहिलो पटक संसदमा भिड्दै कांग्रेसका १० केन्द्रीय नेता

पहिलो पटक संसदमा भिड्दै कांग्रेसका १० केन्द्रीय नेता

नेपाली कांग्रेसले मंसिर १० र २१ मा दुई चरणमा एकै पटक हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा धेरैजसो पुरानै नेतालाई उम्मेदवार बनाएको छ।

प्रदेश सदस्यमा अलिक बढी युवा पुस्तालाई ठाउँ दिएको कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि अपवादबाहेक सबै पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ।

केही निर्वाचन क्षेत्रमा त २०४८ देखि लगातार निर्वाचन लड्दै र जित्दै आएका नेता नै यो पटक पनि उम्मेदवार बनेका छन्।

तर, केही नेता भने जीवनमै पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन्।

कांग्रेसले हाल केन्द्रीय समितिमा रहेका १० जनालाई पहिलो पटक चुनावी मैदानमा उतारेको छ, त्यो पनि प्रत्यक्षमै। तिनमा नयाँ र पुराना गरी दुवै पुस्ताका छन्।

संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नहुने, तर समानुपातिक कोटाबाट सांसद पड्काएका सात जना केन्द्रीय सदस्यसहित १० जना आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार बनेका छन्।

डा. मिनेन्द्र रिजाल

कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल लामो समयदेखि केन्द्रीय राजनीतिमा भएपनि जीवनमा पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका छन्।

पहिलो र दोस्रो संविधान सभामा समानुपातिक कोटाबाट सांसद बन्न सफल रिजाललाई कांग्रेसले पहिलो पटक मोरङ–२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो।

रिजाल कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको संसदीय निर्वाचनमा लड्ने गरेको क्षेत्रमा उम्मेदवार बनेका छन्।

डा. प्रकाशशरण महत

केन्द्रीय सदस्य डा प्रकाशशरण महत पनि पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष लड्न लागेका अर्का नेता हुन्।

पहिलो र दोस्रो संविधान सभामा समानुपातिक कोटाबाट सांसद बनेर पटक–पटक मन्त्री बनेका महत काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।

नेता नरहरि आचार्य अस्वस्थ भएपछि नुवाकोटका महतले यो क्षेत्रबाट उम्मेदवार बन्ने मौका पाएका हुन्।

शेरबहादुर कांग्रेस सभापति देउवाका विश्वास पात्र महत समानुपातिकमा बस्दा पनि सांसद बन्न नसकिने अवस्था देखेपछि प्रत्यक्षमै चुनाव लड्न तयार भएका हुन्।

महेन्द्र यादव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खानेपानी ता सरसफाइ मन्त्री महेन्द्र यादव पनि पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन्।

नेपाल तरुण दलको अध्यक्ष हुँदै कांग्रेस केन्द्रीय समितिमा छिरेका यादवलाई कांग्रेसले धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

यादव पहिलो र दोस्रो संविधान सभामा दुवै पटक समानुपातिक कोटाबाट सांसद बनेका थिए।

यादव प्रथम राष्ट्रपति डा रामशरण यादव निर्वाचन लड्दै आएको क्षेत्रबाट जीवनकालमै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन्।

अम्बिका बस्नेत

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी तथा गरिवी निवारण मन्त्री बस्नेतलाई कांग्रेसले काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये बस्नेतमात्रै महिला उम्मेदवार हुन्।

नेपाल महिला संघकी पूर्वअध्यक्षसमेत रहेकी बस्नेत कांग्रेसको राजनीतिमा पुरानै राजनीतिज्ञ हुन्।

लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेपनि बस्नेतले पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष टिकट पाएर चुनावी मैदानमा ओर्लिएकी हुन्।

उनी पहिलो र दोस्रो संविधान सभामा समानुपातिक कोटामै सांसद भएकी थिइन्।

ईश्वरी न्यौपाने

कांग्रेसले एमाले–माओवादी केन्द्रको तुलनामा धेरै महिलालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।

ती मध्येकी एक केन्द्रीय सदस्य ईश्वरी न्यौपाने पनि हुन्। कांग्रेस संसदीय दलको सचेतक समेत बनिसकेकी न्यौपाने कैलाली–१ बाट उम्मेदवार बनेकी हुन्।

पहिलो र दोस्रो संविधान सभामा लगातार समानुपातिक कोटाबाट सांसद बनेकी न्यौपाने राजनीतिक जीवनमा पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

सीता गुुरूङ

कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ पनि प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवार बनेकी छिन्।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी गुरुङ पहिलो र दोस्रो संविधान सभामा समानुपातिक कोटाबाटै सांसद बनेकी नेतृ हुन्।

तेस्रो पटक समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेपनि अन्तिम समयमा उनको नाम झिकेर कांग्रेसले नेतृ गुरुङलाई तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो।

गुरुङ पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आएपछि पहिलो पटक संसदीय निर्वाचन लड्न लागेकी हुन्।

प्रदेशमा चार केन्द्रीय सदस्य

एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यलाई कांग्रेसले समानुपातिक उम्मेदवारको सूचीमा राख्दा झण्डै एक दर्जन केन्द्रीय सदस्यले भने न समानुपातिक सूचीमा परे, न त टिकट नै पाए।

टिकट नपाउनेमा केन्द्रीय सदस्यहरु बद्री पाण्डे, केबी गुरुङ, केशव बुढाथोकी, सुरेन्द्र पाण्डे, कल्याण गुरुङ, कमला पन्त, सरिता प्रसाईँ र धनराज गुरुङ छन्।

तर, चार जना केन्द्रीय सदस्यलाई भने कांग्रेसले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।

चारै जना नेता पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।

कांग्रेसले केन्द्रीय सदस्य जीवन परियारलाई कास्की–१ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ, जहाँ प्रतिनिधि सभाका लागि कानुन मन्त्री यज्ञबहादुर थापा उम्मेदवार छन्।

केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ–२‘क’र गोविन्द भट्टराईलाई तनहुँ–१ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।

तनहुँ–१ मा बरिष्ठ नेता रामचन्द्र पौडेल र २ बाट शंकर भण्डारी प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई सिन्धुली–१‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाइएको छ, त्यहाँ प्रेमचन्द्र दाहाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।

कांग्रेसले प्रदेश सभामा उठाएका केन्द्रीय सदस्यहरु पौडेल, परियार, भट्टराई र घिमिरे चारै जना पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका हुन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला