किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प

किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारबाट एसियाका पाँच राष्ट्रको ११ दिने भ्रमण सुरु गर्दैछन्। आफ्नो यात्राको पहिलो बिसौनी जापान पुग्नुअघि उनी सन् १९४१ मा जापानले आक्रमण गरेको हवाइ राज्यको पर्ल हार्बरस्थित युएसस एरिजोना मेमोरियलको भ्रमणका लागि रोकिएका छन्।

 

गत २५ वर्षमा अमेरिकी राष्ट्रपतिले गरेको सबैभन्दा लामो एसिया भ्रमणमा निस्केका ट्रम्पले जापान, दक्षिण, कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन्। यस क्रममा भर्खरै अर्को कार्यकालका लागि चिनियाँ सत्ताको बागडोर सम्हालेका र माओ तथा देङ स्यायो पेङजत्तिकै शक्तिशाली मानिएका राष्ट्रपति सी जिनपिङ, हालै निर्वाचन जितेका जापानी प्रधानमन्त्री सिन्जो आबे र पटकपटक अमेरिकाविरोधी अभिव्यक्तिका कारण चर्चामा आएका फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग पनि उनले भेट गर्नेछन्।

तर यी सबका बाबजूद भ्रमणभर ट्रम्पको मनमा रहिरहने अर्का व्यक्ति हुन्, उत्तर कोरियाली नेता किम जोङ उन।

उत्तर कोरियाको उच्च आणविक संकटको बीचमा दक्षिण कोरिया र जापानसँग आफ्नो मित्रतालाई बढावा दिने तथा उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्न चीनलाई सहमत गराउने प्रयास ट्रम्पले गर्नेछन्।

सेप्टेम्बरमा उत्तर कोरियाले छैठौँ आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा संकट चुलिएको छ। गत महिना ट्रम्प र किम जोङ उनले एकअर्काको राष्ट्रलाई नै 'ध्वस्त पार्ने', 'आगो वर्षाउने' जस्ता अभिव्यक्ति दिएका थिए। दुवै नेताले एकअर्काको बेइज्जती गर्दै 'पागल'को संज्ञा पनि दिएका थिए।

 

एकेडेमी अफ डिफेन्स साइन्समा किम जोङ उन

एकेडेमी अफ डिफेन्स साइन्समा किम जोङ उन

 

त्यसबाहेक राष्ट्रपति ट्रम्पको प्राथमिकतामा व्यापार पनि हुनेछ। शुक्रबार ह्वाइट हाउसमा ट्रम्पले भने, ‘हामी व्यापारका बारेमा कुरा गर्नेछौँ। र हामी निश्चय नै उत्तर कोरियाबारे कुरा गर्नेछौँ... मलाई लाग्छ, हाम्रो भ्रमण निकै सफल हुनेछ।’

यद्यपि उनको भ्रमणको सफलता एसियाली राष्ट्रहरुसँग उनले निर्माण गर्नसक्ने सौहार्द्रता र विश्वासको वातावरणमा निर्भर रहने विश्लेषण गरिएको छ।

ट्रम्पको भ्रमणअघि कोरियाली प्रायद्वीपमा हवाइ सेनाले अभ्यास गरेको छ। भ्रमणअघि उनले अमेरिकी नौसेनाका एड्मिरल ह्यारी ह्यारिसबाट ब्रिफिङ पनि लिएका छन्।

ट्रम्प आइतबार जापान पुग्नेछन्। त्यस्तै उनी मंगलबार दक्षिण कोरिया, बुधार चीन, शुक्रबार भियतनाम र १२ नोभेम्बर, आइतबार फिलिपिन्स पुग्नेछन्। भियतनाममा उनी एपेक शिखर सम्मेलनमा र फिलिपिन्समा आसियान शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। एजेन्सी

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला