नेपालको संसद र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अवधि एकै दिन समाप्त

नेपालको संसद र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अवधि एकै दिन समाप्त

नेपालमा संसद समाप्त भएकै दिन चीनमा १८औं महाधिवेसनले चयन गरेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको आयु पनि समाप्त भएको छ। चार दिनसम्म चलेको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले यही अक्टोबर १८ मा १९औं महाधिवेशन बेइजिङमा आयोजना गर्ने निर्णय गर्दै १८औं केन्द्रीय समितिलाई विदा गरेको हो।

अक्टोबर ११ देखि १४ सम्म बेइजिङमा चलेको सातौं पूर्ण बैठकमा पार्टी राजनीतिक ब्युरोका जिम्मेवारी पाएका सी जिनफिङले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी १९औं महाधिवेशनका लागि तयार पारिएको संविधान संशोधन, केन्द्रीय अनुशासन आयोग सहितका निर्वाचनहरू र पेस गरिने प्रतिवेदन लगायतलाई टुंग्याएको हो।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिबाट अनुशासन आयोगले पार्टीको उन्नाइसौँ महाधिवेशनसमक्ष पेस गर्ने कार्य प्रतिवेदन छलफलपछि पारित गरेको छ। बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको संविधान संशोधनबारे पनि छलफल गरी पारित गरेको छ भने ती तीन वटा कार्यपत्रलाई चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा पेस गरी समीक्षा तथा विचारविमर्श गर्ने निर्णय गरेको छ।

यसअघि अठारौँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक सम्पन्न भएयता केन्द्रीय राजनीतिक ब्युरोले गरेका कार्यको पनि मूल्याङ्कन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेसनपछिका पाँच वर्ष पार्टी र देश विकास प्रक्रियामा निकै असाधारण पाँच वर्ष रहेको निष्कर्ष पनि बैठकले निकालेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी एक अर्ब तीस करोड जनसंख्याको नेतृत्व गर्ने तथा आठ करोड नब्बे लाख सदस्य भएको संसारकै सबैभन्दा ठूलो पार्टी हो।

शनिबार मध्यरातदेखि नै नेपालको संसदको अवधि पनि समाप्त हुँदैछ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला