सिआइए प्रमुख भन्छन्ः किम जोङ उन मारिए हामीलाई केही नसोध्नू

अमेरिकी जासुसी संस्था सिआइएका निर्देशक माइक पोम्पियोले उत्तर कोरियाली शासक किम जोङ उन अचानक बेपत्ता भए वा मारिए त्यसबारे सिआइएले केही नबोल्ने बताएका छन्। पोम्पियोले आफ्नो नेतृत्वमा सिआइए ‘अझ खतरनाक’ संस्था बन्ने पनि बताए।

‘किम जोङ उन बेपत्ता भए त्यो विषयमा सिआइएको इतिहासलाई मध्यनजर गर्दै म केही भन्नेवाला छैन,’ किम जोङ उनको अचानक मृत्यु भए के होला भन्ने एक प्रश्नमा पोम्पियोले भने, ‘कसैले त्यसलाई संयोग ठान्नसक्छन्, ‘तिमीले थाहा पायौ, त्यहाँ दुर्घटना भयो नि!’ यो कुरा गर्नु बेकार छ।’

फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजले आयोजना गरेको एक फोरममा राष्ट्रिय सुरक्षासँग सम्बन्धित अधिकारीहरुबीच बिहीबार पोम्पियोले यो कुरा बताएका थिए।

इरान, क्युबा, कंगो, भियतनाम, चिलीजस्ता देशका राष्ट्रप्रमुखहरुको हत्याको षड्यन्त्र गरेका कारण सिआइए बदनाम छ।

माइक पोम्पियो

केही समयअघि उत्तर कोरियाले सिआइएले दक्षिण कोरियाली गुप्तचरहरुसँग मिलेर किमको हत्या गर्न खोजेको आरोप पनि लगाएको थियो।

पोम्पियोले किम जोङ उनको एउटै लक्ष्य भनेको शक्तिमा रहनु भएको बताएका थिए।

गत जनवरीमा सिआइएको निर्देशक बनेका पोम्पियोले सो संस्थाको अभियानहरुलाई पुनर्ताजगी दिने पनि बताए।

‘हामी अझ खतरनाक संस्था बन्न गइरहेका छौँ,’ उनले भने। एजेन्सी

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला