लमजुङमा कांग्रेसलाई बागी उम्मेदवारको चुनौती

लमजुङ स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर कांग्रेसलाई पराजित गराउन भूमिका खेलेको लमजुङ कांग्रेसको एउटा समूहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएको छ।

द्वारिकाप्रसाद मिश्रको नेतृत्वमा रहेको स्वतन्त्र समूहले जिल्लाका दुवै क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिएको हो।

कांग्रेसको सुन्दरबजार नगर सभापति रहेका मिश्रले टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए।

स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका मिश्रले २७ सय मत ल्याएका थिए भने कांग्रेसका बद्रीमान श्रेष्ठ ३ हजार ४ सय मत ल्याई पराजित भएका थिए।

एमाले–माओवादी केन्द्र गठबन्धनका जनक मिश्र ४ हजार ९ सय मत ल्याई मेयर निर्वाचित भएका थिए।

कांग्रेसका श्रेष्ठ पार्टीका नगरसभापति रहेका मिश्रको वागी उम्मेदवारीका कारण पराजित हुन पुगेका थिए।

मिश्रले स्वतन्त्र समूहका रुपमा फेरि प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् भने उनकै समूहका उत्तम गुरुङ प्रदेश नं १ को उम्मेदवार बनेका छन्।

कांग्रेसबाट जिल्लामा प्रतिनिधि सभाको उम्मेदवार केन्द्रीय सदस्य दीलबहादुर घर्ति बनेका छन् भने प्रदेश नं १ को उम्मेदवार पूर्व पार्टी सभापति गर्जबहादुर गुरूङ बनेका छन्।

वामगठबन्धनबाट चाहिँ प्रतिनिधि सभामा माओवादी केन्द्रका देवप्रसाद गुरुङ उम्मेदवार बनेका छन् भने प्रदेश सभा १ र २ मा एमालेका क्रमशः धनन्जय दवाडी र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला