तालमेलले एमाले-माओवादीमा उत्साहः एकातिर सूर्य अर्कोतिर हँसिया-हथौडा

हुन त, एमाले र माओवादी केन्द्र दुवैको झण्डा रातो पृष्ठभूमिमा हँसिया हथौडा अंकित छ। झण्डा र नामले झण्डै एकै एकै भएपनि एमाले–माओवादी २०७४ को स्थानीय निर्वाचन, २०६४ र ०७० को संविधान सभा तथा यसपालीको स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए।

निर्वाचनमा प्रतिस्पर्धा गर्दा स्वाभाविक रुपमा एमाले र माओवादी दुई धारमा थिए। तालमेल भएका एकाध बाहेक अधिकांस जिल्लामा एमालेको सूर्य र माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह संयुक्त रुपमा प्रयोग भएको थिएन।

तर, यसपाली पार्टी एकता समेत गर्ने योजना सहित देशभर यी दुई वाम पार्टीले चुनावी तालमेल गर्ने निर्णय गरे। आइतबार पहिलो चरणको निर्वाचनका लागि मनोनयन गर्ने क्रममा चुनावी तालमेल र गठबन्धनले एमाले–माओवादीमा उल्लस ल्याएको देखियो।

३२ जिल्लामध्ये जाजरकोट र रामेछापबाहेक बाँकी सबै जिल्लामा दुवै पार्टीले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरे। एकातिर सूर्य र अर्कोतिर हँसिया हथौडा चुनाव चिन्ह राखिएका ब्यानर र झण्डा फहराउँदै एमाले–माओवादीका उम्मेदवार र कार्यकर्ता मनोनयन दर्ता गर्न गए।

त्यतिमात्र होइन, उम्मेदवारको प्रस्तावक र समर्थकमध्ये एक जना एमाले र एक जना माओवादी केन्द्रका कार्यकर्ता बसेको धेरे ठाउँमा देखियो। आइतबार सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरूले पनि तालमेलले एमाले–माओवादी कार्यकर्तामा उल्लास छाएको देखाउँछ।

त्यही उत्साहको बलले होला, मनोनयनपछि यो गठबन्धनका उम्मेदवारले दुई तिहाई सिटमा जित्ने दावी गर्न बाँकी राखेनन्। ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला