उत्तर कोरियाविरुद्ध कडा कदम चाल्छुः जापानी प्रधानमन्त्री

आइतबारको निर्वाचनमा दुई तिहाई बहुमत हासिल गरेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाविरुद्ध कडा कदम चाल्ने बताएका छन्। उत्तर कोरियालगायतका संकट समाधान गर्न अझ ठूलो जनमत आवश्यक रहेको भन्दै आबेले समयअगावै निर्वाचन आह्वान गरेका थिए।

 

आबेको लिबरल डेमोक्र्याटिक पार्टी र सो पार्टीको गठबन्ध्न रहेको कोमेइतो पार्टीले जापानको तल्लो सदनको ४६५ मध्ये ३१३ सिटमा जीत हासिल गरेको छ।

‘यो हाम्रालागि जनताको विश्वासको मत हो,’ जीतपछि आबेले भने, ‘हामी उत्तर कोरियाली खतराविरुद्ध कठोर कदम चाल्नेछौँ।’

उनले अर्को महिना जापान भ्रमणमा आउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्वशक्तिसँग छलफल गरेर उत्तर कोरियाविरुद्ध चाल्ने कदमबारे निर्णय लिने पनि बताए।

‘म जापानी जनता र राष्ट्रको सुरक्षाको सुनिश्चितता गर्नेछु,’ उनले थपे।

उत्तर कोरियासँग कुनै कूटनीतिक सम्बन्ध नभएको र चीनसँगको सम्बन्ध पनि कमजोर भएकाले आबेसँग जापानी रक्षाप्रणालीलाई बलियो बनाउने र अमेरिकासँगको सम्बन्धलाई निरन्तरता दिनेबाहेक अन्य विकल्प नभएको विश्लेषकहरुले बताएका छन्। 

सरकारमा रहेको गठबन्धनले संसदमा दुई तिहाई बहुमत हासिल गरेपछि जापानी संविधान संशोधन गर्न आवश्यक मत आबेलाई प्राप्त भएको छ।

आबेले यसअघि जापानको प्रतिरक्षा सुदृढ गर्ने, देशको सशस्त्र बललाई औपचारिक मान्यता दिने लगायतका वाचा गरेका छन्।

आलोचकहरुले आबेको कदमले देशलाई पुनः सैनिकीकरण गर्ने बताएका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला