बागी उम्मेदवारी फिर्ता नलिनेलाई एमालेले कडा कारबाही गर्ने

नेकपा एमालेले वाम गठबन्धनका साझा उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

एमालेले साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवार फिर्ता नलिए भविष्यमा कुनै जिम्मेवारी नदिने गरी कारबाही गर्ने समेत जनाएको छ।

एमाले सचिव प्रदीप जवालीका अनुसार पार्टीले आवश्यकताका कारण बाम गठबन्धन गरेको र गठबन्धनका साझा उम्मेदवार नै एमालेको पनि आधिकारिक उम्मेदवार भएका कारण उसलाई जिताउन भूमिका खेल्न आग्रह गरे।

साझा उम्मेवारका विरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे। ‘कतै हाम्रा नेता कार्यकर्ताले गलत बुझाइका कारण उम्मेदवारी दिनुभएको हुनसक्छ, उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ’, उनले भने, ‘सकभर कारबाही गर्ने अवस्था नै नआओस् भन्ने हामी चाहन्छौँ।’

गठबन्धनका कारण इमान्दार कार्यकर्तालाई अन्याय भएको भए त्यस विषयमा पार्टीले भोलिका दिनमा पुनःविचार गरी न्याय गर्ने उनले जनाकारी दिए।

एमाले उम्मेदवारले बझाङ र मनाङमा आफ्नै पार्टीको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् भने जाजरकोटमा गठबन्धनका उम्मेदवार शक्ति बस्नेतका विरुद्ध उम्मेदवारी दिएका छन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला