मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी पत्नी दुर्गा पौडेल साझा बाम उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नेछिन्।

पुराना कम्युनिष्ट नेता सिंहका लागि प्यूठान छाडिदिन एमाले र माओवादी केन्द्र दुवै सहमत थिए। तर त्यहाँ पत्नी पौडेललाई सघाउन सिंहले एमाले–माओवादी केन्द्रसँग अनुरोध गरेपछि सहमति हुन सकेको थिएन। दुवै पार्टीले सिंहबाहेक अन्यलाई छाड्न नसकिने बताउँदै आएका थिए।

बाग्लुङका प्रतिनिधि सभाका दुवै सिट एमाले–माओवादी केन्द्रलाई छाड्न राष्ट्रिय जनमोर्चा सहमत भएपछि सिंह पत्नी पौडेलका लागि प्यूठान छाडिएको हो। प्रदेश सभाका लागि प्यूठानका दुई क्षेत्रबाट भने एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिनिधि सभातर्फ बाग्लुङका दुईमध्ये एउटामा एमालेका र अर्काेमा माओवादी केन्द्रका उम्मेदवार साझा वाम उम्मेदवार हुनेछन्। प्रदेश सभातर्फ भने दुई राष्ट्रिय जनमोर्चालाई र बाँकी दुईमध्ये एउटामा एमाले र अर्काेमा माओवादी केन्द्रले प्रतिस्पर्धा गर्नेछन्।

एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धन निर्माण भएपछि सिंहले नेतृत्व गरेको नेकपा (मसाल) सम्बद्ध राष्ट्रिय जनमोर्चासँग कांग्रेसले तालमेल गर्ने प्रयास गरेको थियो। यसको जिम्मेवारी बरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका थिए। कांग्रेसलेपनि प्यूठानमा सिंह आफै उम्मेदवार बनेमात्र सहयोग गर्न सकिने बताएको थियो।

तर, सिंहले विज्ञप्ती नै जारी गरी कांग्रेससँग चुनावी गठबन्धन हुन नसक्ने बताएर वाम गठबन्धनसँग हात अघि बढाएका थिए। सिंहले आफ्नो साटो पत्नी दुर्गालाई सहयोग गरिदिन अनुरोध गरेपछि सहमति हुन सकिरहेको थिएन। तर शुक्रबार साँझ एमाले–माओवादी दुवै पौडेललाई उम्मेदवार बनाउन सहमत भए।

दुर्गा विघटित व्यवस्थापिका–संसदमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद थिइन्।

कांग्रेसले भने प्यूठानबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोबिन्दराज पोखरेललाई उम्मेदवार बनाउने सम्भावना छ।

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला