१ सय ११ उम्मेदवारमा जम्मा ९ जना महिला

१ सय ११ उम्मेदवारमा जम्मा ९ जना महिला

आगामी निर्वाचनमा प्रमुख प्रतिस्पर्धी मानिएका वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा निकै कम महिला उम्मेदवार खडा गरेका छन्।

पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधिसभाको सिटमा दुवै गठबन्धनबाट जम्मा ३ जना महिलाले उम्मेदवारी पाएका छन् भने प्रदेश सभामा ७४ सिटमा जम्मा ५ जना उम्मेदवार छन्।

वाम गठबन्धनको प्रमुख घटक एमालेले प्रतिनिधिसभामा कुनैपनि महिला उम्मेदवार उठाएको छैन। अर्काे घटक दल माओवादी केन्द्रले रुकुम पूर्वबाट कमला रोकालाई मात्र प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ । कांग्रेसले भने खोटाङबाट सरस्वती बजिमय र बाग्लुङबाट चम्पादेवी खड्का गरी २ जनालाई प्रतिनिधि सभाको उम्मेदवारीमा स्थान दिएको छ।

तर, प्रदेश सभाका ७४ सिटमध्ये कांग्रेसबाट एकजना महिलालेमात्र उम्मेदवारी पाएकी छन्। ताप्लेजुङ (क) बाट उम्मेदवारी पाएकी लीलादेवी बोखिम पहिलो चरण अन्तर्गत हुने निर्वाचनका लागि प्रदेश सभातर्फको एकमात्र कांग्रेस उम्मेदवार हुन्। प्रतिनिधि सभामा महिला उम्मेदवार नउठाएको एमालेले म्याग्दी ख) मा नरदेवी पुनलाईमात्र उम्मेदवार बनाएको छ।

एमाले र कांग्रेसको तुलनामा माओवादी केन्द्रले प्रदेश सभातर्फमा केही बढि महिला उम्मेदवार बनाएको छ। सो दलबाट प्रदेश सभामा उम्मेदवारीको अवसर पाउने महिला उम्मेदवारहरुमा नुवाकोट १ क) मा राधिका तामाङ, गोर्खा २ ख) मा कमला नहर्की र बझाङ ख) मा देवकी मल्ल छन्।

पहिलो चरणमा हुने निर्वाचनमा प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ गरी जम्मा १ सय ११ सिट छन्। त्यसमध्ये दुई गठबन्धनबाट जम्मा ८ जनाले उम्मेदवारी पाएको देखिन्छ।

संविधानमा संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिसत हुनुपर्ने बाध्यकारी प्रावधान छ। प्रत्यक्षतर्फ कम महिला उम्मेदवारी दिएका दलले त्यसको क्षतिपूर्ति समानुपातिक तर्फबाट गर्नुपर्नेछ। 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला