मंसिर १० र २१ गतेको निर्वाचन अब कसैले रोक्न सक्दैनः यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन्। उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे।

यादवले निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको बताए। शुक्रबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ललितपुरस्थित आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरे।

उनले भने,‘निर्वाचनप्रति अब कुनै पनि किसिमको शंका राख्नु हुँदैन, बरु शंका त स्वतन्त्र, स्वच्छ र स्वतन्त्र निर्वाचन कसरी गर्ने भन्नेबारे गर्नुप¥यो, तपार्इँहरुले पनि अब दबाब मुलक कार्यक्रमलाई निरन्तरता दिनुहोस्, घरदैलोको रुपमा अघि बढ्नुहोस्।’ यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न निर्वाचन आयोग दृढ संकल्प र आत्मविश्वस्त रहेको जनाए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगलाई कुनै समस्या नपर्ने बताउँदै निर्भिक भएर अघि बढ्न आग्रह गरेको समेत जानकारी दिए। उनले भने,‘प्रधानमन्त्रीज्यूले हामीलाई सबै किसिमको सहयोग गर्न तयार छौं भन्नुभएको छ ।’

निर्वाचन आचार संहिता पालना गर्ने कुरा नैतिकताको कुरा भएकोले सबैले पालना गरिरहेको आफूहरुले पाएको उनले बताए। ‘कुनै ठाउँमा जानी नजानी भएको भए हामी कारबाही गर्छौं, गरेका पनि छौं, हामी त जनताका सिपाही हौं। आचारसंहिता उल्लंघन गर्नेलाई कुनै पनि किसिमको छुट हुँदैन।’

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला