एमाले र माओवादी केन्द्रले टुंग्याए ३२ जिल्लाको सिट बाँडफाँट (सूचीसहित)

वामगठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिर १० मा हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएका छन्।

पार्टी एकता संयोजन समितिले शुक्रबार ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएको हो। पहिलो चरणमा हुने ३२ जिल्लाका २१ सिट एमालेले र १६ सिट माओवादीले लिने सहमति भएको छ।

एमाले महासचिव इश्वर पोखरेलले पहिलो चरणमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाको सिट बाँडफाँट टुंगो लगाइएको बताए। २०७० सालको संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनलाई आधार मानेर प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गरिएको पोखरेलले बताए।

एमालेले ताप्लेजुङ ओखलढुंगा, पाँचथरसहित २१ सिट लिएको छ भने माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, जाजरकोटसहित १६ सिट परेको छ।

सिन्धुपाल्चोक १ नम्बर क्षेत्र माओवादी केन्द्रले लिएको छ भने सिन्धुपाल्चोक २ नम्बर क्षेत्र एमालेको भागमा परेको छ। यस्तै, धादिङका दुबै क्षेत्र एमालेले लिएको छ भने गोरखाका दुवै क्षेत्र माओवादीको भागमा परेको छ। बागलुङको १ नम्बर क्षेत्र एमालेले लिएको छ भने २ नम्बर क्षेत्र माओवादी केन्द्रले लिने सहमति भएको छ।

यस्तो छ प्रतिनिधि सभाका लागि ३२ जिल्लाको सिट बाँडफाँड

एमाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ १ र २, बागलुङ–१, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी र दार्चुला लिएको छ।

माओवादी केन्द्रका भागमा रुकुम पूर्व र पश्चिम, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, रोल्पा, बागलुङ– २, गोरखा १ र २, लमजुङ, नुवाकोट–१, सिन्धुपाल्चोक–१, रामेछाप, सोलुखुम्बु र भोजपुर परेको छ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला