जापानमा रहेका तीन युवालाई टिकट दिएर गाउँ बोलायो एमालेले

परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ।

वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो। फिर्ता हुनेमा डा. सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र महेन्द्र श्रेष्ठ (पर्वत) रहेका छन्। आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसकेका छन् भने पण्डित फर्कने तयारीमा छन्।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आएका थिए। गाउँको विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उनीहरुको भनाइ छ। पण्डितले गाउँ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताएका छन्।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन्। त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा छन्।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताएका छन्। फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उनले बताए।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताए। उनी विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष भएका थिए।

गाउँ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि छन्। श्रेष्ठ पनि जापानबाट गाउँ फर्किसकेका छन्। स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। रासस

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला