नेपाली सेनाले गर्दा लेवननी जनताको सुरक्षा सम्भव भयोः राष्ट्रपति माइकल

नेपाली सेनाले गर्दा लेवननी जनताको सुरक्षा सम्भव भयोः राष्ट्रपति माइकल

लेवननको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैमा त्यहाँका राष्ट्रपति जनरल माइकल अउनले आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपाली सेना राष्ट्रसंघीय शान्ति सेनाका रुपमा आएकाले लेवननी जनताको सुरक्षा सम्भव भएको हो। यसका लागि लेवनन र यहाँका जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु।’

लेवनन समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टस्थित नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालसँगको भेटमा राष्ट्रपति अउनले उपरोक्त कुरा बताएका हुन्। राजदूत अर्याल ओहोदाको प्रमाणपत्र पेश गर्ने सिलसिलामा लेवननको राजधानी पुगेका थिए। ओहोदाको प्रमाणपत्र पेश १ कार्तिकमा गरिएको थियो।

‘मैले राष्ट्रपतिलाई शान्ति सेनामा नेपाली सेनाले पु¥याएको योगदानबारे जानकारी गराएँ, यसबारे उहाँ जानकार हुनुहुँदो रहेछ’ राजदूत अर्यालले नेपालखबरसँग कुराकानी गर्दै भने, ‘लेवनन र त्यहाँका जनताको सुरक्षामा नेपाली शान्ति सैनिकको भूमिका उच्च रहेको भन्दै, सद्भाव समेत प्रकट गर्दै धन्यवाद दिनुभयो।’

राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति अउनका साथै लेवननी जनताको सुस्वास्थ्य, खुसी र सम्बृद्धिको कामना गरेका गरेका थिए। साथै उनले नेपाल–लेवननबीचको सम्बन्धबारे पनि राष्ट्रपतिसँगको भेटघाटमा चर्चा गरेका थिए।

जवाफमा राष्ट्रपतिले राजदूत अर्यालको कार्यकालमा आफूहरुको तर्फबाट पूर्ण सहयोग हुने वचन दिए । राष्ट्रपति अउन राजदूत अर्यालबीचको भेटघाटका क्रममा लेवननी विदेश तथा आप्रवासी मन्त्री, सचिव र विदेश मन्त्रालयका चिफ अफ प्रोटोकलपनि उपस्थित रहेको कायरोस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

नेपाली राजदूत अर्यालका साथ अन्य १० मुलुकका राजदूतहरुले पनि त्यसै अवसरमा ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। त्यसक्रममा नेपाली राजदूतलगायत अन्य मुलुकका राजदूतलाई गार्ड अफ अनर दिइएको थियो। त्यसअघि ३० असोजमा अर्यालले त्यहाँको विदेश तथा आप्रवासन मामिला मन्त्री गिब्रान बसिललाई पेश गरेका थिए।

ओहोदाको प्रमाणपत्र पेश गर्ने औपचारिक कार्यक्रम सकिएपछि राजदूत अर्यालले द्धिपक्षीय मामिलामा कुराकानी गर्न त्यहाँका उच्च नेतृत्वसँग भेट गरिरहेका छन्। यसक्रममा २ कार्तिकमा विदेश तथा आप्रवासन मामिला मन्त्रालय अन्तर्गत एसियाली विभागका राजनीतिक तथा कन्सुलर विभागका महानिर्देशक घाडी जी अल–खौरीसँग भेट गरेका थिए।

त्यसक्रममा लेवननमा रहेका नेपाली कामदारहरुको हितका सम्बन्धमा कुराकानी भएको थियो। कुराकानीका क्रममा राजदूत अर्यालले दुई देशबीच श्रमसम्बन्धी समझदारी हुनुपर्ने कुरामा जोड दिएका थिए। यस विषयमा लेवननी अधिकारीहरुले सकरात्मक जवाफ दिएका थिए। राजदूत अर्याल अहिले त्यहाँको नेपाली समुदायसँग भेटघाट गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला