वाम एकतापछि बाध्य भएर कांग्रेससँग एकता गर्नुपर्‍योः गच्छदार

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वाम एकताका कारण बाध्य भएर आफूले कांग्रेससँग पार्टी एकताको निर्णय लिनुपरेको बताएका छन्। बालुवाटारमा आयोजित एकता घोषणा कार्यक्रममा गच्छदारले गठबन्धनको सरकार बनाउने आत्मविश्वासका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए।

 

‘वाम एकताबाट लोकतन्त्र रहने कि नरहने भन्ने भयो। माओवादी र एमालेले दुई तिहाई बहुमत ल्याएर जनवादी संविधान बनाउने घोषणा गरेपछि बाध्य भएर हामीले एकताबारे सोच्नुपर्‍यो,’ गच्छदारले भने, ‘त्यसपछि लोकतन्त्रका लागि लडेको व्यक्तिको नाताले एकता गर्ने निर्णय लिन म बाध्य भएँ।’

तर वाम पार्टीहरुले दुई तिहाइ ल्याउन असम्भव रहेको पनि उनले बताए।

आफ्नै पुरानो पार्टीमा एकता गर्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको उल्लेख गर्दै गच्छदारले भने, ‘प्रजातन्त्रलाई संस्थागत गर्न दुई पार्टीले गरेको यो साहसिक निर्णय हो।’

गच्छदारले १६ बुँदे सहमति गराउन अद्वितीय भूमिका खेलेको बताउँदै त्यसैको जगमा संविधान बनेको उल्लेख गरे। ‘संविधान बनाउँदै गर्दा मलाई कतिले गद्दार बने, मधेसविरोधी भने, क्षेत्री बाहुनको पछाडि लाग्यो भने तर जुन संविधान जारी भएको छ, त्यो जनताको संविधान हो, बलिदानबाट बनेको संविधान हो। त्यो कार्यान्वयनमा गएको छ, स्थानीय सरकारको अधिकार प्राप्त गरेका छन्। संविधानका विरोधीहरु पनि स्वीकार गरेर स्थानीय निर्वाचनमा सहभागी भए,’ गच्छदारले राजपा र फोरम नेपालतर्फ इंगित गर्दै भने, ‘उनीहरुले मधेसमा केही सिट जित्दैमा त्यो उनीहरुको जीत होइन।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनले आगामी चुनावमा बहुमत ल्याउने बताउँदै गच्छदारले कार्यकर्तालाई आत्मविश्वासपूर्वक चुनावमा होमिन पनि आग्रह गरे।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला