कांग्रेसले भट्टराईलाई गोर्खा-२ छोडेकै हो?

के नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक बाबुराम भट्टराईका लागि गोर्खा २ छाडिदेला? एमाले–माओवादी केन्द्रले भट्टराईका लागि गोर्खा २ नछाड्ने पक्कापक्की भएपछि आइतबार दिनभरिजसो चर्चा चल्यो, भट्टराई कांग्रेसको समर्थनमा गोर्खा–२ बाट प्रतिस्पर्धा गर्ने भए, नयाँशक्तिले कांग्रेसलाई गोर्खा १ छाडिदिने भयो।

तर कांग्रेस सभापति शेरबहादुर देउवा सकरात्मक देखिएपनि त्यस सम्बन्धमा दुई दलबीच कुनै औपचारिक सहमति भएको छैन। स्रोतले भन्यो,‘गोर्खा १ मा नयाँशक्तिले कांग्रेसलाई र गोर्खा २ मा कांग्रेसले नयाँशक्तिलाई छाडिदिने कि भनेर सामान्य कुराकानीमात्र भएको हो, सहमति भएको होइन।’

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार दिनभर समानुपातिक सूचीको तयारीका साथै फोरम (लोकतान्त्रिक), अखण्ड पार्टीका नेताहरुलाई कांग्रेसमा भित्र्याउने छलफलमा व्यस्त थिए। त्यसैले, भट्टराई र देउवाबीच फोनमा कुराकानी भएपनि गोर्खा २ का विषयमा टुङ्गोमा पुगेका छैनन्।

कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार, गोर्खा २ का विषयमा भट्टराई र उनीबीच कुराकानी भएको थियो । पौडेलले नेपालखवरसँग भने,‘गोर्खा २ भट्टराईलाई छाडिदिँदा हुन्छ भनेर मैले नै देउवाजीसँग कुराकानी गरिदिएको हुँ। थप कुराकानी के भयो, त्यो थाहा भएन। सायद कुरा टुंगिइसकेको छैन।’

सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, संसदीय दलका पूर्व प्रमुख सचेतक चिनकाजी श्रेष्ठ सकरात्मक देखिएपनि जिल्ला तहका नेता–कार्यकर्ताहरु भट्टराईलाई गोर्खा २ छाडिदिन सकरात्मक छैनन्। ०७० को निर्वाचनमा भट्टराईबाट पराजित किरणबाबु श्रेष्ठ, पूर्व सांसद कमला पन्त जस्ता नेताहरु नेताहरु भट्टराईका लागि त्यो क्षेत्र छाड्न नहुने पक्षमा छन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला