अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव (तस्विरसहित)

   अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव (तस्विरसहित)

अमरवाणी संवाददाता/काठमाडौं । अमरवाणी अनलाइन डट कमले स्थापनाको एक वर्ष पुरा गरेको छ । अमरवाणी मिडिया प्रालिद्वारा सञ्चालित अनलाइनको वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाल र ‘बुद्ध वाज वर्न इन नेपाल’ भन्ने सन्देश लिएर ९० भन्दा वढी देश पुगेका चन्द्रदीप राईलाई सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् प्रा.दिनेशराज पन्तले नयाँ मिडिया नयाँ पत्रकारहरूले खोज अनुसन्धान गरेर प्रमाणिक तथ्यहरू बाहिर ल्याउन सके मिडियाको विश्वास अझै बढने बताए । उनले यो पद्दति अमरवाणीले पछ्याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडाले ०४६ सालपछि नेपालमा पत्रकारिताको अभ्यास बढ्दै गएको बताए । उनले भने,‘पछिल्ला दिनमा  मिडियाबीच प्रतिस्पर्धा रहे पनि गलत अभ्यास नगर्न अनुरोध गरे ।’ खतिवडाले भने, ‘सत्य तथ्य लेखेर अमरवाणी सधैं अमर बनोस् ।’

पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको आचारसंहिता प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाली मिडियामा ‘सेल्फ सेन्सरसीप’ बढेको दाबी गरे ।  महासचिव विष्टले सत्ताको चरित्र सञ्चार माध्यमलाई दबाउने तथा सामान्य विषयमा पनि यातना दिने रहेकाले यस विरुद्ध महासंघ कडा आन्दोलनमा उत्रिन तयार रहेको बताए ।

सम्मानित व्यक्तित्व रिसालले पत्रकारिताको प्रविधि फेरिए पनि विषयवस्तुमा कुनै फेरबदल नआएको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार गोकुल पोखरेलले पछिल्ला दिनमा मिडियाको भूमिका वढे पनि सञ्चार माध्यमले त्यसको गरिमा कायम गर्न नसकेको औंल्याए । उनले भने,‘ निर्मला हत्या काण्ड जस्ता घटनामा नेपाली मिडियाको प्रस्तुति गहन देखिएन ।’

महिला सचेतना केन्द्रकी संस्थापक तथा अध्यक्ष एवम् महिला अधिकारकर्मी प्रतिभा सुवेदीले अमरवाणीलाई महिलालाई ‘सस्तो पात्र’को रूपमा प्रस्तुत गर्ने खालका विधा नराख्न सुझाव दिइन् । कार्यक्रममा अनलाइनका अध्यक्ष फणीन्द्र आचार्यले छिट्टै अनलाइनले यूट्युब च्यानल र एप्स निर्माण गर्ने बताए ।

 

 

तस्विरः रमेश दवाडी/अमरवाणी 

 

प्रतिकृया दिनुहोस

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

राष्ट्रिय झण्डाको सानः

चावहिलमा सिन्दुर जात्राको रौनकः

धान काटने यसरीः

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला