चीनका राष्ट्रपति  सी भारत हुँदै शनिबार नेपाल आउने

   चीनका राष्ट्रपति  सी भारत हुँदै शनिबार नेपाल आउने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा सीले  भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु हुने र राष्ट्रपति भण्डारीले चिनियाँ पाहुनाको सम्मानमा रात्री भोजको आयोजना गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय औपचारिक वार्ता गर्ने तथा दुबै नेताको उपस्थितिमा दुई देशबीच केही द्वीपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ । 

यसैबीच भारतीय विदेशमन्त्रालयले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीले भारतको चेन्याइमा हुने दोस्रो अनौपचारिक सम्मेलनमा भागलिन शुक्रबार भारत भ्रमणमा आउन लाग्नु भएको बताएको छ । सी भारतबाट शनिबार नै नेपाल आउनु हुने छ ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला