अधिवक्ता भन्छन्‘रोशनी शाही मानसिक रोगी भए कसरी सरकारी कर्मचारीका लागि योग्य भइन् ?’

 अधिवक्ता भन्छन्‘रोशनी शाही मानसिक रोगी भए कसरी सरकारी कर्मचारीका लागि योग्य भइन् ?’

काठमाडौं । सभामुख कृष्ण महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रोशनी शाही मानसिक रोगी भन्दैमा उम्किन नपाउने अधिवक्ताहरूले तर्क गरेका छन् । मानसिक रोगी भएमा उनी कानुन बमोजिम सरकारी जागीरमा अयोग्य हुने उनीहरूको भनाइ छ ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली भन्छन् ‘यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्नुपर्ने उनको भनाइ छ । शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएका छन् । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिन्छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुसन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे ।

अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ ।

डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषीमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’

उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?।’

नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निस्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले घट्नाबारे पहिलो सूचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति हुन् । तर, अहिले अनुसन्धानलाई अन्तै मोड्न खोजिएको उनको आशंका छ ।

पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ ।

रिपोर्टस क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्वीकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’ उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ ।

रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे । उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाई छ । उनले भने,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुसन्धान गर्नुपर्ने बताए ।

 

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला