एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज र महासचिवमा विमल सुवेदी

      एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज र महासचिवमा विमल सुवेदी

पुष्प कमल दाहाल/ सिओल । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी विजयी भएका छन् । आइतबार कोरियाको राजधानी सिओलमा सम्पन्न सातौं अधिवेशनबाट सुवेदी निर्वाचित भएका हुन् । उनले ७९४ मत ल्याएर प्राप्त गरेका थिए । महासचिवमा बिमल सुवेदी निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा दीपक पुन उपाध्यक्षमा क्रमशः सोम तामाङ, सञ्जिव राई र यदु लामिछाने विजयी भएका छन् । आइसिसी सदस्यमा ओम जुग्जाली र लक्ष्मी लामा गुरुङ निर्विरोध चयन भएका छन् ।

सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन् भने कोषाध्यक्षमा चन्द्र राना विजयी भएका छन् । सह– कोषाध्यक्षमा सन्तोष खड्का चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

संघको महिला संयोजकमा शुभद्रा पालुङ्वा र युवा संयोंजकमा अरुण श्रेष्ठ निर्वाचित भएका छन् । अन्य सदस्यहरु निर्विरोध चयन भएका छ्न्। अधिवेशनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,उपाध्यक्ष कुमार पन्त , मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका पदाधिकारीको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला